काठमाडाैं । नेकपा माओवादी केन्द्रको हालैको ऐतिहासिक निर्णयले नेपाली वामपन्थी राजनीतिमा निर्णायक मोड ल्याएको छ । कम्यनिस्ट तथा वामन्थी पार्टीबीच एकताकाे लागि ढाेका खाेलेकाे छ । त्यसपछि नेपाली राजनीतिमा पुन एक पटक वामपन्थी एकताकाे लागि वहस सुरु भएकाे छ ।
यसै सन्दर्भमा कम्युनिस्ट पार्टीहरुकाे समाजवादी मोर्चाकाे शनिबार बैठक सम्पन्न भएकाे छ । त्याे बैठकमा पनि वामन्थी पार्टीबीच एकताकाे लागि ढाेका माओवादीले भन्दै सकारत्मक रुपमा लिइएकाे छ ।
त्यस माेर्चामा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र महेन्द्र राय यादवको समूह छ । नेपाल समाजवादी पार्टीलगायत दलहरूको सकारात्मक प्रतिक्रिया स्पष्ट पार्दै भनेका छन्-अब वामपन्थी दलहरूको एकता कुनै विकल्प होइन, समयको कठोर अपरिहार्यता हो ।
विगतमा वामपन्थी शक्तिहरूबीच एकता गर्ने धेरै प्रयास भए तर व्यक्तिगत स्वार्थ, नेतृत्वको अहं, वैचारिक मतभेद र क्षणिक सत्ता समीकरणले ती प्रयास सफल हुन सकेनन् । तर वर्तमान परिस्थितिले एकता अब ढिलो गर्न नहुने सन्देश दिइरहेको छ । आर्थिक संकट, बढ्दो बेरोजगारी, सामाजिक असमानता, जनजीवनमा फैलिएको असन्तोष, वैदेशिक हस्तक्षेपका चुनौती र स्थायी राजनीतिक स्थायित्वको आवश्यकता-यी सबै कारणले वामपन्थी दलहरूलाई एउटै मोर्चामा ल्याउने ऐतिहासिक जिम्मेवारी थप गहिरो बनाएको छ।
माओवादी केन्द्रको निर्णयले विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीलाई साझा छातामुनि ल्याउने सम्भावनालाई बलियो बनाएको छ । यस्तो वृहत्तर एकताले मात्र समाजवादी विचारधारालाई संस्थागत गर्दै जनताका पक्षमा नीति निर्माण गर्न, संघीयता र गणतन्त्रलाई मजबुत बनाउन र जनअधिकारको रक्षा गर्न सक्नेछ ।
आजको सन्देश स्पष्ट छ: छुट्टाछुट्टै हैसियतमा वामपन्थी दलहरूले जनता सामु विश्वसनीय विकल्प प्रस्तुत गर्न सक्दैनन् । नेतृत्वले इमानदारी, पारदर्शिता र वैचारिक स्पष्टता अपनाउँदै सांगठनिक ढाँचा, नीति तथा नेतृत्वको सवालमा सहमति निर्माण गर्न सकेमा, यो एकता देशको लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने ऐतिहासिक उपलब्धि हुनेछ ।
नेपालको राजनीतिक अनिश्चितता र आर्थिक असमानताको समाधान समाजवादी शक्तिहरूको संयुक्त प्रयासबिना सम्भव छैन । त्यसैले, माओवादी केन्द्रको यो पहल केवल स्वागतयोग्य मात्र होइन, नेपाली वामपन्थी आन्दोलनको अस्तित्व र भविष्यका लागि अपरिहार्य र ऐतिहासिक छलाङ हो । वामपन्थी एकताले अहिलेकाे जेनजीकाे मागलाई पनि सम्बाेधन गर्दै अघि बढ्याे भने नेपाली राजनीतिमा नयाँ पालुवा पलाउने मात्र हाेइन, देशले नयाँ गति लिनेमा दुईमत छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: