Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यस कारण अब वामपन्थी एकता अपरिहार्य

फाेटाे-एआइ
खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रको हालैको ऐतिहासिक निर्णयले नेपाली वामपन्थी राजनीतिमा निर्णायक मोड ल्याएको छ । कम्यनिस्ट तथा वामन्थी पार्टीबीच एकताकाे लागि ढाेका खाेलेकाे छ । त्यसपछि नेपाली राजनीतिमा पुन एक पटक वामपन्थी एकताकाे लागि वहस सुरु भएकाे छ ।

यसै सन्दर्भमा कम्युनिस्ट पार्टीहरुकाे समाजवादी मोर्चाकाे शनिबार बैठक सम्पन्न भएकाे छ । त्याे बैठकमा पनि वामन्थी पार्टीबीच एकताकाे लागि ढाेका माओवादीले भन्दै सकारत्मक रुपमा लिइएकाे छ ।

त्यस माेर्चामा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र महेन्द्र राय यादवको समूह छ । नेपाल समाजवादी पार्टीलगायत दलहरूको सकारात्मक प्रतिक्रिया स्पष्ट पार्दै भनेका छन्-अब वामपन्थी दलहरूको एकता कुनै विकल्प होइन, समयको कठोर अपरिहार्यता हो ।

विगतमा वामपन्थी शक्तिहरूबीच एकता गर्ने धेरै प्रयास भए तर व्यक्तिगत स्वार्थ, नेतृत्वको अहं, वैचारिक मतभेद र क्षणिक सत्ता समीकरणले ती प्रयास सफल हुन सकेनन् । तर वर्तमान परिस्थितिले एकता अब ढिलो गर्न नहुने सन्देश दिइरहेको छ । आर्थिक संकट, बढ्दो बेरोजगारी, सामाजिक असमानता, जनजीवनमा फैलिएको असन्तोष, वैदेशिक हस्तक्षेपका चुनौती र स्थायी राजनीतिक स्थायित्वको आवश्यकता-यी सबै कारणले वामपन्थी दलहरूलाई एउटै मोर्चामा ल्याउने ऐतिहासिक जिम्मेवारी थप गहिरो बनाएको छ।

माओवादी केन्द्रको निर्णयले विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीलाई साझा छातामुनि ल्याउने सम्भावनालाई बलियो बनाएको छ । यस्तो वृहत्तर एकताले मात्र समाजवादी विचारधारालाई संस्थागत गर्दै जनताका पक्षमा नीति निर्माण गर्न, संघीयता र गणतन्त्रलाई मजबुत बनाउन र जनअधिकारको रक्षा गर्न सक्नेछ ।

आजको सन्देश स्पष्ट छ: छुट्टाछुट्टै हैसियतमा वामपन्थी दलहरूले जनता सामु विश्वसनीय विकल्प प्रस्तुत गर्न सक्दैनन् । नेतृत्वले इमानदारी, पारदर्शिता र वैचारिक स्पष्टता अपनाउँदै सांगठनिक ढाँचा, नीति तथा नेतृत्वको सवालमा सहमति निर्माण गर्न सकेमा, यो एकता देशको लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने ऐतिहासिक उपलब्धि हुनेछ ।

नेपालको राजनीतिक अनिश्चितता र आर्थिक असमानताको समाधान समाजवादी शक्तिहरूको संयुक्त प्रयासबिना सम्भव छैन । त्यसैले, माओवादी केन्द्रको यो पहल केवल स्वागतयोग्य मात्र होइन, नेपाली वामपन्थी आन्दोलनको अस्तित्व र भविष्यका लागि अपरिहार्य र ऐतिहासिक छलाङ हो । वामपन्थी एकताले अहिलेकाे जेनजीकाे मागलाई पनि सम्बाेधन गर्दै अघि बढ्याे भने नेपाली राजनीतिमा नयाँ पालुवा पलाउने मात्र हाेइन, देशले नयाँ गति लिनेमा दुईमत छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: