Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो

खबरडबली संवाददाता

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा शनिबार अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । 
यहाँको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए । 

पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे । हवाई यात्रुलाई यहाँ स्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् । 

दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसास्थित एक्याप चेक पोष्टमा सडकमार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो ।

एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताए । 
पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सहकार्य र समन्वय गरेका छन् । स्वागत कार्यक्रममा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण प्रभावित बनेका यहाँका पर्यटन व्यवसायीमा पर्यटनको आगमन हुन थालेसँगै पुनः चलायमान हुनेमा आशावादी बनेका छन् । प्रतिकूल मौसम र जेनजी प्रदर्शनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताइरहेका अवस्थामा शुक्रबारदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । आज समिट एयरलाइन्सको जहाजले तेस्रो मुलुकका पर्यटक बोकेर तीन वटा उडान भरेको एयरलाइन्सका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिए । 

यहाँ आइपुगेका विदेशी पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी र सरोकार भएकाहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका उनको भनाइ छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको उनले उल्लेख गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending