Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

झापाका जेनजी प्रदर्शनका सहिद परिवार र घाइतेलाई एमआरआरको आर्थिक सहयोग

खबरडबली संवाददाता

झापा । जेनजी प्रदर्शनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर (मेन्स रुम रिलोडेड) टिमले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई रु ५० हजार सहयोगसहित प्रदर्शनमा घाइते भएका अन्य नौ जनालाई एमआरआरले आर्थिक सहयोग गरेको हो ।

प्रदर्शनका क्रममा घाइते भएकामध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३० हजारका दरले सहयोग तथा एक जना घाइतेलाई रु २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिए । 

एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा बनेको उल्लेख गर्दै उनले त्यहाँ रहने नेपालीद्वारा सङ्कलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको बताए । उनका अनुसार एमआरआर टिम कोरियाले झापाका सहिद तथा घाइते परिवारलाई रु तीन लाख २० हजार वितरण गरेको छ ।

आज बिर्तामोड-५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर कोरियाले परिलो चरणको कार्यक्रम सम्पन्न गरिएको बताउँदै दसैँंलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । 

रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी थिए । कोरियाको समन्वयमा एमआरआर टिमले गरेको सहयोग कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले प्रदर्शनका क्रममा घाइते भएकालाई आफूहरूले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताए । अस्पतालबाट घर पठाइएकलाईसमेत घरघरमा पुगेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ । 

सहिद राजवंशीलाई रु ५० हजार,  गोली लागेर घाइते भएका सुमित शाहलाई रु २० हजार सहयोग गरेको छ भने अन्य सबै घाइतेको उपचारका लागि जनही रु ३० हजारका दरले आर्थिक सहयोग गरिएको एमआरआरले जनाएको छ ।

एमआरआरले  सुसान रनापहेँली, रिजन दाहाल,  राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरेको छ ।  कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले बताए । 

प्रदर्शनका क्रममा सहिद वा घाइते भएका अन्य कोही व्यक्तिको परिवारलाई  आर्थिक सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्नसमेत उनले अनुरोध गरे । एमआरआर टिम कोरियाले झापासहित देशका अन्य जिल्लामा पनि सहयोग रकम वितरण गरेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending