कञ्चनपुर । भारतको हिमाञ्चल सिमलामा स्याउबारीमा काम गर्ने रुकुम बाँफिकोटका ७० वर्षीय टेमकबहादुर चन्द ठेकेदार भागेपछि अलपत्र परेका छन्। उनी सोमबार महेन्द्रनगर बसपार्कमा भेटिएका हुन्।
बोल्न–सुन्न गाह्रो हुने चन्दलाई घर–परिवार वा आफन्तबारे प्रष्ट जानकारी पनि छैन। “छ महिनाको ज्यालाको हिसाब गर्यो, त्यसपछि ठेकेदार भाग्यो,” उनले बताए। त्यसपछि कतै पैदल, कतै गाडी चढ्दै उनी महेन्द्रनगर पुगेका हुन्।
आइतबार उनी सीमावर्ती भारतीय बजार टनकपुर पुगेका थिए। पैसा नभएपछि धर्मशालामा बस्नुपरेको र सोमबार बिहानै पैदल नेपालतर्फ आएको उनले बताए। महेन्द्रनगरमा प्रहरीले सम्पर्क गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीस्थित नागरिक सहायता कक्षमार्फत घर फर्कन आर्थिक सहयोग गरेको हो।
चन्द बाल्यकालमै रोजगारी खोज्दै भारत पसेका थिए। “११ वर्षमा भारत गएकै हुँ, अहिले पहिलोपटक घर फर्कन लागेको,” उनले सुनाए। रुकुम बाँफिकोट घर हो भन्ने मात्रै थाहा छ तर बाटो भने राम्रोसँग सम्झना छैन।
उनले “नेपालगन्ज पुग्न सके घर पत्ता लगाइहाल्छु,” भने। आमाबुबा सानैमा बितेकाले घरमा अरू कोही नभएको, आफन्त चिन्छन् कि चिन्दैनन् भन्नेमा समेत अनिश्चित छन्।
चन्दले भारतमै विवाह गरेका थिए। तर श्रीमती पार्वती तीन महिनाअघि क्रसरमा काम गर्ने क्रममा ढुंगा लागेर मृत्यु भएको उनले बताए। उनीहरूका सन्तान छैनन्।
“बुढेसकालमा गाउँ फर्कौं भनेर निस्किएको, तर हाम्रै नेपाली ठेकेदारले धोका दिएर अलपत्र परेँ,” उनले दुःखेसो पोख्दै भने। ठेकेदार बागलुङका लालबहादुर भएको र राशन हिसाब मिलाएपछि भोलिपल्टै ज्याला दिने भन्दै सम्पर्कविहीन भएको उनले जानकारी दिए।
भारतमा रोजगारी गर्न गएका नेपाली मजदुर ठेकेदारबाट ठगिने घटना दोहोरिरहेकाले समस्या गम्भीर बनेको छ। गड्डाचौकीस्थित नागरिक सहायता केन्द्रका कर्मचारी दानसिंह बोहोराका अनुसार, “यस वर्ष मात्र ठेकेदारबाट ठगिएका तीन जना नेपाली मजदुर फर्काइएका छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: