कञ्चनपुर । भारतको हिमाञ्चल सिमलामा स्याउबारीमा काम गर्ने रुकुम बाँफिकोटका ७० वर्षीय टेमकबहादुर चन्द ठेकेदार भागेपछि अलपत्र परेका छन्। उनी सोमबार महेन्द्रनगर बसपार्कमा भेटिएका हुन्।
बोल्न–सुन्न गाह्रो हुने चन्दलाई घर–परिवार वा आफन्तबारे प्रष्ट जानकारी पनि छैन। “छ महिनाको ज्यालाको हिसाब गर्यो, त्यसपछि ठेकेदार भाग्यो,” उनले बताए। त्यसपछि कतै पैदल, कतै गाडी चढ्दै उनी महेन्द्रनगर पुगेका हुन्।
आइतबार उनी सीमावर्ती भारतीय बजार टनकपुर पुगेका थिए। पैसा नभएपछि धर्मशालामा बस्नुपरेको र सोमबार बिहानै पैदल नेपालतर्फ आएको उनले बताए। महेन्द्रनगरमा प्रहरीले सम्पर्क गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीस्थित नागरिक सहायता कक्षमार्फत घर फर्कन आर्थिक सहयोग गरेको हो।
चन्द बाल्यकालमै रोजगारी खोज्दै भारत पसेका थिए। “११ वर्षमा भारत गएकै हुँ, अहिले पहिलोपटक घर फर्कन लागेको,” उनले सुनाए। रुकुम बाँफिकोट घर हो भन्ने मात्रै थाहा छ तर बाटो भने राम्रोसँग सम्झना छैन।
उनले “नेपालगन्ज पुग्न सके घर पत्ता लगाइहाल्छु,” भने। आमाबुबा सानैमा बितेकाले घरमा अरू कोही नभएको, आफन्त चिन्छन् कि चिन्दैनन् भन्नेमा समेत अनिश्चित छन्।
चन्दले भारतमै विवाह गरेका थिए। तर श्रीमती पार्वती तीन महिनाअघि क्रसरमा काम गर्ने क्रममा ढुंगा लागेर मृत्यु भएको उनले बताए। उनीहरूका सन्तान छैनन्।
“बुढेसकालमा गाउँ फर्कौं भनेर निस्किएको, तर हाम्रै नेपाली ठेकेदारले धोका दिएर अलपत्र परेँ,” उनले दुःखेसो पोख्दै भने। ठेकेदार बागलुङका लालबहादुर भएको र राशन हिसाब मिलाएपछि भोलिपल्टै ज्याला दिने भन्दै सम्पर्कविहीन भएको उनले जानकारी दिए।
भारतमा रोजगारी गर्न गएका नेपाली मजदुर ठेकेदारबाट ठगिने घटना दोहोरिरहेकाले समस्या गम्भीर बनेको छ। गड्डाचौकीस्थित नागरिक सहायता केन्द्रका कर्मचारी दानसिंह बोहोराका अनुसार, “यस वर्ष मात्र ठेकेदारबाट ठगिएका तीन जना नेपाली मजदुर फर्काइएका छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: