बझाङ। बझाङमा तीन दिनको फरकमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। सोमबार मष्टा गाउँपालिका–५ किनाडा टोलका १३ वर्षीय सुरेश आग्रीको करेन्ट लागेर मृत्यु भएको हो।
वर्षासँगै आएको हावाहुरीले च्यातिएको राष्ट्रिय प्रसारण लाइनको तार भुइँमा खसेको अवस्थामा गोरु हेर्न गएका आग्री तारमा छोइँदा घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृतक आग्री अङ्कलको घरमा बस्दै आएका थिए।
यसअघि शुक्रबार बिहान छविसपाथिभेरा गाउँपालिका–४ शिरमातोलामा २० वर्षीया साबित्रा शाह करेन्ट लागेर ज्यान गुमाएकी थिइन्। धारामा पानी भर्ने क्रममा चुँडिएको तारमा सम्पर्क हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। विवाह भएको २८ दिनमै शाहको निधन भएको परिवारले जनाएको छ।
मष्टा गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ भने छविसपाथिभेरा गाउँपालिका–४ मा स्थानीय लघु जलविद्युत आयोजना सञ्चालनमा छ। तर, उचित मर्मत र सुरक्षात्मक उपायको अभावले यस्ता घटना दोहोरिन थालेको स्थानीयवासीले बताएका छन्।
उनीहरूले विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई तत्काल सचेत भई सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: