बझाङ। बझाङमा तीन दिनको फरकमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। सोमबार मष्टा गाउँपालिका–५ किनाडा टोलका १३ वर्षीय सुरेश आग्रीको करेन्ट लागेर मृत्यु भएको हो।
वर्षासँगै आएको हावाहुरीले च्यातिएको राष्ट्रिय प्रसारण लाइनको तार भुइँमा खसेको अवस्थामा गोरु हेर्न गएका आग्री तारमा छोइँदा घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृतक आग्री अङ्कलको घरमा बस्दै आएका थिए।
यसअघि शुक्रबार बिहान छविसपाथिभेरा गाउँपालिका–४ शिरमातोलामा २० वर्षीया साबित्रा शाह करेन्ट लागेर ज्यान गुमाएकी थिइन्। धारामा पानी भर्ने क्रममा चुँडिएको तारमा सम्पर्क हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। विवाह भएको २८ दिनमै शाहको निधन भएको परिवारले जनाएको छ।
मष्टा गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ भने छविसपाथिभेरा गाउँपालिका–४ मा स्थानीय लघु जलविद्युत आयोजना सञ्चालनमा छ। तर, उचित मर्मत र सुरक्षात्मक उपायको अभावले यस्ता घटना दोहोरिन थालेको स्थानीयवासीले बताएका छन्।
उनीहरूले विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई तत्काल सचेत भई सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: