Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

एक किशोरको आत्महत्यापछि च्याटजीपीटीमा आयो ‘प्यारेन्टल कन्ट्रोल’ सुविधा

खबरडबली संवाददाता

काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा अभिभावकहरूले नियन्त्रण गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अबदेखि वेब र मोबाइल दुवै संस्करणमा प्रयोग गर्न मिल्ने यो नयाँ फिचर एक किशोरको आत्महत्यापछि दायर गरिएको मुद्दापछि सार्वजनिक गरिएको हो ।

मुद्दामा च्याटजीपीटीले ती किशोरलाई आत्महत्या गर्ने तरिका सिकाएको आरोप लगाइएको थियो । यसरी एआई च्याटबटको सम्भावित नकारात्मक असरबारे अमेरिकी नियामक निकायहरूले निगरानी बढाइरहेका बेला कम्पनीले थप दबाबका बीच यो फिचर ल्याएको हो ।

नयाँ सुविधाअन्तर्गत अभिभावक र बालबालिकाको खाता लिंक गर्न सकिनेछ । यसका लागि अभिभावक वा बालबालिकाले रिक्वेस्ट पठाउने र अर्को पक्षले स्वीकृति दिएपछि मात्र सुविधा सक्रिय हुनेछ ।

कम्पनीका अनुसार यस फिचरमार्फत अभिभावकहरूले आफ्ना बालबालिकालाई संवेदनशील सामग्रीको पहुँचमा रोक लगाउन सक्नेछन् । साथै, पुराना कुराकानीहरू संकलन गर्ने वा नगर्ने, ती कुराकानीलाई मोडेलको तालिमका लागि प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय पनि उनीहरूले गर्न पाउनेछन् ।

त्यस्तै, प्रयोग समय सीमित गर्ने, भ्वाइस र इमेज जेनरेसन मोड प्रयोगमा रोक लगाउने सुविधा पनि समावेश गरिएको छ । तर अभिभावकहरूले बालबालिकाले च्याटजीपीटीमा के कुरा गरिरहेका छन् भन्ने प्रत्यक्ष हेर्न भने पाउने छैनन् ।

ओपनएआईले निकट भविष्यमा च्याटजीपीटीमा उमेर पहिचान गर्ने टुल पनि उपलब्ध गराउने जनाएको छ । उक्त फिचर सुरु भएपछि बालबालिकाको सुरक्षामा थप सहयोग पुग्ने कम्पनीको दाबी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending