पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सुरक्षाकर्मी अस्वीकार गर्दै सार्वजनिक सवारीमार्फत साधारण यात्राजस्तै पोखरा–चितवन यात्रा गरेका छन् । मन्त्री बनेपछि पहिलोपटक पोखरा पुगेका पुनले विमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक छैन भन्दै फर्काइदिए र सामान्य ट्याक्सीमार्फत पोखरा–३, नदीपुरस्थित आफ्नै डेरामा पुगे ।
पुन करिब २५ वर्षदेखि पोखरामै डेरामा परिवारसहित बस्दै आएका छन् । उनी सधैंझैं साधारण पोशाकमा विमानस्थलबाट निस्किए, अरु मन्त्रीहरूको आगमनजस्तो स्वागतसमारोह नभई सामान्य यात्रु सरह सार्वजनिक ट्याक्सी चढेको दृश्यले धेरैको ध्यान खिच्यो ।
दशैं मनाउन पुन मंगलबार पोखराबाट पर्यटक बसमार्फत चितवन प्रस्थान गरेका छन् । उनका भाइबहिनी र आफन्तहरू चितवनमा रहेका कारण उनले यसपालि पनि दशैं उतै मनाउने बताए । “घरको ठूलो म हुँ, भाइबहिनीलाई टीका लगाइदिनुपर्छ,” पुनले भने ।
विश्वप्रसिद्ध म्यागेसेसे पुरस्कार विजेता पुन लामो समयदेखि विज्ञान, प्रविधि र अनुसन्धानमा सक्रिय छन् । साधारण जीवनशैली, इमानदार छवि र जनसाधारणसँगको आत्मीयताका कारण उनी सामान्य नागरिक सरह देखिने मन्त्रीका रूपमा चर्चामा छन् । सुरक्षाविना सार्वजनिक बस चढेर यात्रामा निस्किएका मन्त्री पुनलाई स्थानीयहरूले ‘साच्चै नमूना मन्त्री’ भन्दै प्रशंसा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: