काठमाडौं । राजधानीको मुख्य तरकारी बजार कालीमाटीमा फेरि मनोमानी मूल्यको समस्या बढेको छ । गोभेंडा प्रतिकिलो २० रुपैयाँ पाउने किसानले उपभोक्ताले बजारमा आएर १०० रुपैयाँमा किन्नुपरेको छ।
किसानका अनुसार उत्पादन लागतसमेत नउठ्ने गरी बिचौलियाले तरकारी सस्तोमा किनेर बजारमा पाँचगुणा मूल्यमा बिक्री गरिरहेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक दरसूची प्रकाशित गरे पनि त्यसको पालनामा कडाइ नभएको भन्दै उपभोक्तासमेत आक्रोशित भएका छन्।
किसानले २०–२५ रुपैयाँमा बेचेकाे गोभेंडा बजारमा ९०–१०० रुपैयाँमा पुग्दा आफुहरुले कहिल्यै पनि मूल्य नपाउने किसान जीवन महर्जनले बताए । उनले भने “फाइदा किसानले होइन, बिचौलियाले लिँदै आएका छन्।”
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार समितिको कमजोरी र आपूर्तिको सञ्जालमा पारदर्शिताको अभावले मूल्य नियन्त्रण असम्भव भएको हो। कालीमाटी समितिले दैनिक मूल्यसूची निकालेर औपचारिकता मात्र पूरा गर्छ, बजार अनुगमन भने शून्य रहेकाे एक उपभोक्ता अधिकारकर्मी भन्छन्। उनले भने “किसान र उपभोक्ता दुबै मारमा परिरहेका छन् तर राज्य मौन छ।”
बजार समितिका एक अधिकारीले भने माग र आपूर्तिको सन्तुलन बिग्रिएकाले केही वस्तुको मूल्य बढेको दाबी गरे । तर उपभोक्ताहरूको भनाइ भने फरक छ “कालीमाटीको मूल्य सधैं बिचौलियाको मनपरीले निर्धारण गर्छ, सरकारले कहिल्यै नियमन गर्दैन।”
बजार नियमनमा सरकारले ठोस कदम नचाले किसानहरू निरुत्साहित र उपभोक्ता निराश हुने चेतावनी विज्ञहरूले दिएका छन्।
तरकारी मूल्यमा यस्तो पाँचगुणा अन्तरले मूल्य शृङ्खला पारदर्शी बनाउनुपर्ने माग झन् बलियो बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:००
काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...



प्रतिकृया लेख्नुहोस्: