काठमाडौं। भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक सतह हल्लिएको छ। सडकमा जनताको क्रोध तीव्र छ । “तीन दशक सत्तामा बसेका नेताहरूको सम्पत्ति कहाँबाट आयो?” भन्ने प्रश्न सर्वत्र सुनिन्छ। त्यसैबीच, सरकारको एक निर्णयले नयाँ तरंग ल्याएको छ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आर्थिक अवस्था छानबिन सुरु गरेको भनाइ बाहिर आएको छ।
तर नागरिकको संशय अझै मेटिएको छैन। यो छानबिन साँच्चै कानुनी प्रक्रिया हो कि जनदबाब शान्त पार्नको लागि गरिएको ‘प्रदर्शन’ मात्रै ?
राजनीतिक सन्देश कि वास्तविक निष्ठा ?
प्रधानमन्त्री कार्यालयबाट विभागलाई अर्थ मन्त्रालय मातहत ल्याइएको निर्णय, त्यसपछि तत्कालै महानिर्देशकको सरुवा— यी दुई कदमले नै शंका जन्माएको छ। सरकार परिवर्तन हुनासाथ छानबिनको दिशा किन फेरिन्छ? जनतालाई पारदर्शिता चाहिएको हो, तर सत्ता संरचना अझै ‘संरक्षणवादी मोड’मै छ जस्तो देखिन्छ।
जलेका नोट र जलिरहेको विश्वास
जेनजी आन्दोलनको बेला देउवा र प्रचण्डको घरमा जलेका नगदका भिडियोले जनताको मनमा अझ ठूलो प्रश्न छोडेको छ — नेताहरूको घरमा राखिएको त्यो पैसा कहाँबाट आएको थियो ? विभागले त्यसबारे विवरण मागेको बताइए पनि, छानबिनको निष्कर्ष सार्वजनिक नभएसम्म यो जनविश्वास पुनःस्थापित हुने छैन।
तीन नेतामाथि तीन फरक उजुरी
ओलीमाथि नीतिगत भ्रष्टाचार र ठूला परियोजनामा लाभ उठाएको आरोप, प्रचण्डमाथि नक्कली लडाकु प्रकरणमा अनियमितता, देउवा दम्पत्तिमाथि सार्वजनिक पदको दुरुपयोग र अकुत सम्पत्तिको आरोप।
यी उजुरीहरू नयाँ होइनन् । नयाँ भनेको जनदबाब हो । जुन अहिले नेताहरूको सुरक्षावृत्तसम्म आइपुगेको छ।
‘छानबिन’ शब्दको विश्वसनीयता संकटमा
नेताहरूले दशकौँदेखि छानबिनका कुरा सुन्दै आएका छन्, तर न त ठूला माछा समातिएका छन्, न त मुद्दा निष्कर्षमा पुगेका छन्। यसपटक पनि प्रक्रिया सुरु भएको छ, तर नागरिकले प्रश्न गरिरहेका छन् । “यो शुद्धीकरणको नाममा फेरि एकपटक सत्ताले आफूलाई बचाउने नाटक त होइन?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: