काठमाडौँ । इजरेल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्।
युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई "इजरेलको महान् दिन" भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। बिहीवार बस्ने इजरेली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरेलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।
इजरेल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरेली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।
यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले जानकारी दिए।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएका छन्।
साथै गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए। उनले सहमति कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।
यसैबीच गाजामा रहेका प्यालेस्टिनीहरूले सम्झौताको स्वागतमा उत्सव मनाउन थालेको विवरण प्राप्त भएको छ।
गाजा युद्ध सुरु भएकै दिनदेखि इजरेलबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको ठानिएको छ।
यसै साता बीबीसीका धनगढी संवाददाता हिक्मतबहादुर रावलसँग कुरा गर्दै उनका बाबु महानन्द जोशीले युद्धविरामको चर्चासँगै आफ्नो छोरा छिट्टै सम्पर्कमा आउने आफूले आशा गरेको बताएका थिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।
मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - ०९:३२
काठमाडौँ । प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान द...
फाल्गुन ८ गते, २०८२ - ०९:२७
कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर,...
फाल्गुन ८ गते, २०८२ - ०८:२०
कुन प्रदेशमा कस्तो छ अवस्था ? हेर्नुस् प्रदेशगत आकलन
फाल्गुन ८ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा बिहीवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले उठाएका प्रश्नहरू दलहरूका लागि "सुध्रनका लागि चेतावनी"क...
फाल्गुन ८ गते, २०८२ - ०७:५८
काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँस्थित कीर...
फाल्गुन ८ गते, २०८२ - ०७:४१
काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन...
फाल्गुन ८ गते, २०८२ - ०७:४०
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । क...
फाल्गुन ८ गते, २०८२ - ०७:३५
काठमाडौँ । उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ...
फाल्गुन ८ गते, २०८२ - ०७:३३
मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि मा...
फाल्गुन ८ गते, २०८२ - ०७:२९
काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महाय...



प्रतिकृया लेख्नुहोस्: