काठमाडौं । गाजामा जारी द्वन्द्व अन्त्यका लागि इजरायलले युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अमेरिकी प्रस्ताव स्वीकृत गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त योजना अनुमोदन भएको पुष्टि गरेको हो।
प्रधानमन्त्री नेतन्याहूले यस सहमतिलाई "ऐतिहासिक प्रगति" भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सम्झौताको पहिलो चरणअनुसार सोमबार वा मंगलबारसम्म इजरायली बन्धकहरू मुक्त हुने अपेक्षा व्यक्त गरेका छन्। इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच उक्त प्रारम्भिक सहमति भएको जनाइएको छ।
सम्झौता अनुसार, हमासले जीवित रहेको विश्वास गरिएका २० बन्धकलाई आगामी ७२ घण्टाभित्र रिहा गर्नुपर्नेछ। साथै, मृत्यु भइसकेका २८ बन्धकको शव पनि पछि फिर्ता गरिनेछ, तर यसमा कति समय लाग्ने भन्ने अझै स्पष्ट भएको छैन।
इजरायलले यो सम्झौताको भागस्वरूप सयौँ प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गर्नेछ।
नेपालका विपिन जोशी र अर्का एक व्यक्तिको अवस्थाबारे भने अझै कुनै जानकारी सार्वजनिक गरिएको छैन।
सम्झौता स्वीकृत भएसँगै अब छिट्टै युद्धविराम लागू हुने अपेक्षा गरिएको छ।
योजनाअनुसार, इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राख्दै एक सीमित रेखासम्म फिर्ता हुनेछ।
यो प्रक्रिया तीन चरणमा सम्पन्न हुने बताइएको छ, जसको पहिलो चरण हाल सुरु भएको हो। गत साता ह्वाइट हाउसले सार्वजनिक गरेको नक्सा अनुसार यो सैनिक फिर्तीको प्रारम्भिक चरण हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: