Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

जेनजी आन्दोलनको रहस्यमयी लिडर : प्रधानमन्त्रीलाई पनि थाहा छैन वास्तविक नेता आखिर को हो ?

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै हल्लाइदिएको केही हप्ता बितिसक्यो । सडकमा नारा गुञ्जिए, युवाहरूको भीड उर्लियो, पुराना दलहरूमा हलचल मच्चियो । तर, अझै पनि एक प्रश्न अनुत्तरित छ । यो आन्दोलनको वास्तविक नेता आखिर को हो ?

यही जिज्ञासा शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पनि घन्कियो । पहिलोपटक सरकार र राजनीतिक दलका शीर्ष नेताहरू जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग आमनेसामने भएका थिए । कोठाभरि औपचारिक मुस्कान र नापजाँचिएको बोलीमात्र थिए । तर भित्री रूपमा सबैको मनमा एउटै प्रश्न थियो, “यो आन्दोलन कसले चलायो ?”

प्रधानमन्त्री पूर्ण कार्कीले बैठकको सुरुआतमा अपेक्षाकृत शान्त स्वरमा भनिन्, “परिवर्तनलाई आत्मसात गर्नुपर्छ । हामी सबैले मिलेर आगामी निर्वाचनलाई सफल पार्नुपर्छ।” उनको आवाजमा आत्मविश्वास थियो, तर केही क्षणमै त्यस आत्मविश्वासमुनि शंका झल्कियो । त्यो शंका उनले नै व्यक्त गरिन्, हाँस्दै भनिन्  “जेनजीको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेकी छु।”

कोठामा क्षणभर मौनता छायो । कांग्रेस र एमालेका नेताहरू एक–अर्कालाई हेरे ।  उनीहरूका अनुहारमा ‘हामीलाई पनि थाहा छैन’ भन्ने भाव झल्कियो । दुवै दलले चुनावमा भाग लिने विषयमा स्पष्ट प्रतिबद्धता जनाएनन् । कांग्रेसले भन्यो “पार्टी बैठकपछि धारणा बनाउँछौं।” एमालेले भने  “घोषित मिति नै कति निश्चित छ, त्यो पनि देख्न बाँकी छ।”  स्रोतका भनाइमा, ‘दुवै दल अझै रणनीति बनाउने मोडमा छन्।’

राष्ट्रिय स्वतन्त्र पार्टीले भने फरक स्वरमा भन्यो  “निर्वाचन जसरी पनि सफल पार्नैपर्छ। जनता फेरि निराश हुन दिनु हुँदैन।” त्यो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले विदेशी भूमिमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने मागसमेत राखे ।

राप्रपाका ज्ञानेन्द्र शाहीले भने आफ्नो शैलीमै ८ बुँदे एजेन्डा प्रस्तुत गरे । संघीयता खारेजदेखि राजसंस्था पुनःस्थापनासम्मका कुरा उठाए । तर, यी सबै राजनीतिक संवादको बीचमा पनि एउटा ‘रहस्य’ मडारिइरह्यो । जेनजीका प्रतिनिधि त आएका थिए, तर कुन समूहका हुन् ? किनभने अहिले जेनजी नाममा आधा दर्जन समूह चलिरहेका छन् । कसैले आफू ‘केन्द्रीय संयोजक’ भन्छ, कसैले ‘मीडिया प्रमुख’। सडकमा भिड त एउटै हो, तर नेतृत्वको छायाँ धेरै ।

प्रधानमन्त्रीले अन्त्यमा फेरि एकछिन मौन भई भनिन्, “हामीले संवाद खुला राख्नैपर्छ, चाहे लिडर जोसुकै होस्।”  त्यो वाक्यसँगै बैठक टुंगियो । तर, सिंहदरबारका गलियारामा एउटा अनुत्तरित प्रश्न अझै प्रतिध्वनित छ । “जेनजी आन्दोलनको वास्तविक नेता आखिर को हो ?”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending