Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

एमाले सचिवालय बैठक- बहुमत सदस्य ओलीको राजीनामाको पक्षमा, आजको बैठकले के गर्ला ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण स्थगित भएको थियो। तर, अहिले बैठक ओली नेतृत्वको भविष्य नै टुंग्याउने निर्णायक मोडमा पुगेको छ।

जेन–जी आन्दोलनपछि एमालेभित्र नेतृत्वको असहमति सतहमा आएको छ। पार्टी अध्यक्ष ओली सचिवालयमै अल्पमतमा परेका छन्। शुक्रबारको बैठकमा धारणा राखेका ९ मध्ये बहुसंख्यक नेताहरूले ओलीको राजीनामा माग गरेका थिए। आजको बैठकमा बाँकी नेताहरूले समेत यही माग दोहोर्याउने तयारी गरेका छन्।

पार्टी पुनर्गठनको मागसँगै ओलीलाई जिम्मेवारीबाट अलग गरिनुपर्ने मत बलियो बन्दै गएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदा, प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीकै निरन्तरताको पक्षमा छन्।

७ सचिवमध्ये थुनामा रहेका टोपबहादुर रायमाझी बाहेकका ६ सचिवमध्ये पद्मा अर्याल मात्रै ओली पक्षमा देखिएकी छन्। बाँकी सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्ट, रघुवीर महासेठ र छबिलाल विश्वकर्मा भने नेतृत्व परिवर्तनको पक्षमा छन्।

शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले पनि धारणा राखेका थिए। यीमध्ये केवल महासचिव पोखरेल र उपाध्यक्ष गुरु बरालले ओलीलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले त लिखितरूपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। ज्ञवालीले ओलीलाई स्वेच्छिक अवकासको घोषणा गर्न सुझाएका छन्।

ओलीले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तर, पार्टीको बहुमत नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि आगामी असोज २९ गते हुने केन्द्रीय समिति बैठक ओलीका लागि चुनौतिपूर्ण हुने देखिएको छ।

वर्तमान सरकारको आलोचना गर्दै आएका ओलीले पार्टीलाई चुनावमा सहभागी नगराउने संकेत दिइसकेका छन्, तर सचिवालयकै बहुमत विपक्षमा उभिँदा अब यो निर्णय पनि चुनौतीपूर्ण बन्नेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending