काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण स्थगित भएको थियो। तर, अहिले बैठक ओली नेतृत्वको भविष्य नै टुंग्याउने निर्णायक मोडमा पुगेको छ।
जेन–जी आन्दोलनपछि एमालेभित्र नेतृत्वको असहमति सतहमा आएको छ। पार्टी अध्यक्ष ओली सचिवालयमै अल्पमतमा परेका छन्। शुक्रबारको बैठकमा धारणा राखेका ९ मध्ये बहुसंख्यक नेताहरूले ओलीको राजीनामा माग गरेका थिए। आजको बैठकमा बाँकी नेताहरूले समेत यही माग दोहोर्याउने तयारी गरेका छन्।
पार्टी पुनर्गठनको मागसँगै ओलीलाई जिम्मेवारीबाट अलग गरिनुपर्ने मत बलियो बन्दै गएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदा, प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीकै निरन्तरताको पक्षमा छन्।
७ सचिवमध्ये थुनामा रहेका टोपबहादुर रायमाझी बाहेकका ६ सचिवमध्ये पद्मा अर्याल मात्रै ओली पक्षमा देखिएकी छन्। बाँकी सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्ट, रघुवीर महासेठ र छबिलाल विश्वकर्मा भने नेतृत्व परिवर्तनको पक्षमा छन्।
शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले पनि धारणा राखेका थिए। यीमध्ये केवल महासचिव पोखरेल र उपाध्यक्ष गुरु बरालले ओलीलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले त लिखितरूपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। ज्ञवालीले ओलीलाई स्वेच्छिक अवकासको घोषणा गर्न सुझाएका छन्।
ओलीले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तर, पार्टीको बहुमत नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि आगामी असोज २९ गते हुने केन्द्रीय समिति बैठक ओलीका लागि चुनौतिपूर्ण हुने देखिएको छ।
वर्तमान सरकारको आलोचना गर्दै आएका ओलीले पार्टीलाई चुनावमा सहभागी नगराउने संकेत दिइसकेका छन्, तर सचिवालयकै बहुमत विपक्षमा उभिँदा अब यो निर्णय पनि चुनौतीपूर्ण बन्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - ०९:२२
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...
पौष २२ गते, २०८२ - ०९:२१
पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...
पौष २२ गते, २०८२ - ०९:०६
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...
पौष २२ गते, २०८२ - ०८:५८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्। एकता सन्...
पौष २२ गते, २०८२ - ०८:४६
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...
पौष २२ गते, २०८२ - ०८:३२
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...
पौष २२ गते, २०८२ - ०८:२३
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...
पौष २२ गते, २०८२ - ०८:१९
काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...
पौष २२ गते, २०८२ - ०८:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....
पौष २२ गते, २०८२ - ०८:०८
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...




प्रतिकृया लेख्नुहोस्: