काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनले पेरिसडाँडाको माओवादी केन्द्रीय कार्यालयमा धुलो, धुवाँ र उदासी छोडेको थियो। आगजनी र लुटपाटपछिका ती दिनहरू पार्टी कार्यकर्ताका लागि पीडाको प्रतीक बने। तर आइतबार, त्यही कार्यालयमा फेरि एकपटक नयाँ दृश्य देखियो । प्रहरीको गाडी रोकियो, बक्सहरू उत्रिए, र “लुटिएको” इतिहासका केही टुक्रा पुनः फिर्ता भए।
जिल्ला प्रहरी परिसर काठमाडौंले संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, मजदुर संगठनका लोगो भएका झोला र माओत्सेतुङका दुईवटा शालिक आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो।
वाईसीएलका नेता दीपक न्यौपानेले प्रहरीबाट सामान बुझ्दै भने, “हामीले हाम्रो हो भनेर चिनिने सबै ल्याएका छौं। प्रहरीलाई धन्यवाद, जसले हाम्रो सम्पत्ति सुरक्षित राखिदियो।”
पार्टीले यसअघि नै लुटिएका सामान खोज्न सर्कुलर जारी गरेको थियो। प्रहरी र स्थानीय नागरिकको सहयोगमा तीमध्ये केही सामान बानेश्वर र भद्रकाली प्रहरी परिसरमा फेला परे।
“ती फिर्ता ल्याउन जाँदा त्यतिबेला लुटिएको क्षण मनमा आइरह्यो — त्यो कार्यालय, त्यो धुवाँ, अनि अहिले फिर्ता भएका यी स–साना वस्तुहरूले सम्झना जगाए,” एक कार्यकर्ताले भावुक हुँदै भने। तर सबै वस्तु फिर्ता भएका छैनन्।
स्रोतका अनुसार, केही सामान निम्न वर्गीय बस्तीहरूमा भेटिएका थिए। “हामी त निम्न वर्गकै लागि लड्ने पार्टी, तर त्यही बस्तीमा आफ्ना वस्तु भेट्दा मन पोल्यो,” एक कार्यकर्ताले भने।
ती वस्तुहरू फिर्ता हुनु केवल सामानको पुनः प्राप्ति मात्र होइन, पार्टीका लागि प्रतीकात्मक “फिर्ता यात्रा” पनि हो । आन्दोलनको घाउसँगै आत्मचिन्तनको क्षण । पेरिसडाँडाको कार्यालयमा अहिले फेरि ढोका खुलेका छन्, भित्तामा नयाँ रंग लागेको छैन, तर कार्यकर्ताको मनमा भने एउटा आत्मसन्तोष छ । लुटिएको मात्र होइन, स्मृतिसँगै आदर्श पनि बिस्तारै फिर्ता हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - ०८:३२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...
पौष १९ गते, २०८२ - ०८:३१
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...
पौष १९ गते, २०८२ - ०८:११
काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...
पौष १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...
पौष १९ गते, २०८२ - ०७:५६
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...
पौष १९ गते, २०८२ - ०७:५४
काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...




प्रतिकृया लेख्नुहोस्: