Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

नवलपरासी कारागारबाट भागेका ३९ भारतीयसहित दुईसय बढी कैदीबन्दी अझै फरार

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। कारागार कार्यालय पश्चिम नवलपरासीबाट जेन–जी आन्दोलनका क्रममा भागेका दुई सय बढी कैदीबन्दी अझै पक्राउ परेका छैनन् । केही कैदीबन्दी आफै कारागार फर्किए भने केहीलाई प्रहरीले पक्राउ गरेका हुन् । 

हालसम्म भागेका मध्ये ४१ महिला सहित ३ सय २८ जना कारागार फर्किएका छन् भने २ सय १८ जना कैदीबन्दी अझै फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना ९डीएसपी० विरदत्त पन्तले जानकारी दिए। भागेका मध्ये ३९ जना भारतीय कैदीबन्दी हाल सम्म फरार छन् । 

उनीहरू भारत पसेकाले भारतीय पक्ष सँगको समन्वयमा पक्राउ गरिने डीएसपी पन्तले बताए। अहिले नेपाली भित्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ तर भागेका मध्ये धेरै कैदीबन्दी अझै पक्राउ नपर्दा समुदायमा त्रासको वातावरण छ । अहिले देशका विभिन्न स्थानमा कारागारबाट भागेका कैदीबन्दीहरु गम्भिर अपराधमा संलग्न भइरहेकाले जोखिम बढेको छ । ‘प्रहरी टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ, दैनिक पक्राउ गरेर कारागारमा ल्याउने क्रम जारी छ,' डीएसपी पन्तले भने।

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका ५ सय ७६ जना कैदीबन्दी मध्ये ५ सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए । 

कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो। तर अवस्था अनियन्त्रित देखिएपछि उनीहरूलाई बाहिर जान दिइएको हो । ३० जना भने सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकालाई कांग्रेसको प्रश्नैप्रश्न: प्रधानमन्त्री बालेन कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री बालेन र सभामुख डिपीबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले ब...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...

७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...

बजेट ल्याउन नसकेका मधेसका चार नगरपालिकामा सरकारको टोली जाँदै

काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...

रुग्ण उद्योग ब्युँताउने सरकारको तयारीप्रति प्रचण्ड सकारात्मक, भने– ‘आत्मनिर्भर अर्थतन्त्रमा ठूलो फड्को’

काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...

कपिलवस्तु मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending