काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पार्टीका विभिन्न निकायमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गराउन माग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पहिलोपटक बसेको नेविसङ्घको केन्द्रीय समितिको बैठकले राजनीतिक दलको पुनःसरचना प्रक्रिया अघि बढाई पार्टीका साथै संसद्, सङ्घ, प्रदेश र स्थानीय तहका निकायमा युवा तथा विद्यार्थीको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले सबै राजनीतिक दलले आफ्ना विधान र नीतिगत दस्तावेजमा व्यापक परिमार्जन गरी पार्टीभित्र भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष, पारदर्शी र प्रभावकारी आन्तरिक संयन्त्र स्थापना गर्नुपर्ने बताए ।
नेविसङ्घले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासन र पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यका साथ, पार्टीका इकाई सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापतिसम्मका सम्पत्तिको अद्यावधिक विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्ने बताएको छ ।
यस्तै, जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथिविरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा नेविसङ्घले अगाडि बढाउने भएको छ । अध्यक्ष शेर्पाले भ्रष्टाचार नियन्त्रणसम्बन्धी विद्यमान कानुनलाई समयानुकूल परिमार्जन गरी थप प्रभावकारी, थप दण्डनीय र रोकथाममुखी बनाउन नेपाल सरकार एवम् सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको जानकारी दिए ।
नेविसङ्घले विस २०४६ सालदेखि हालसम्म सरकारमा रहेका व्यक्तिको सम्पत्तिको निष्पक्ष छानबिन गर्ने व्यवस्था मिलाउन मागसमेत गरेको छ ।
जेनजी आन्दोलनमा घुसपैठ गर्ने, विभिन्न माध्ययमबाट हिंसा भड्काउने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नसमेत नेविसङ्घले सरकारसँग माग गरेको छ । यस्तै, भदौ २३ गते युवा विद्यार्थीमाथि दमन गर्ने नेतृत्वलाई कडा कारबाही गर्नुपर्ने नेविसङ्घको माग छ ।
यस्तै, जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन योगदान पु¥याउने व्यक्तिहरूलाई पहिचान गरी सम्मान र संरक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।
नेविसङ्घले देशमा उत्पन्न राजनीतिक अविश्वास र दलप्रतिको जनअसन्तोषको मूल कारण नै उत्तरदायित्व, पारदर्शिता र आन्तरिक लोकतन्त्रको अभाव भएको ठहर गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचनसम्बन्धी व्यवस्थामा आवश्यक संशोधन गरी दलहरूलाई उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने कानुनी कार्यन्वियन सुनिश्चित गर्नुपर्ने बताएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: