बागलुङ । बागलुङमा डेङ्गीको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।
अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नं २ समीक्षालयरोड, वडा नं ३ बुद्ध विहार र वडा नं ४ उपल्लाचौरबाट एक साथ सुरु गरिएको हो ।
सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइसमेत गरिँदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको बागलुङ नगरपालिकामा मात्र १३६ जना प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण फैलिएको सो कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालका अनुसार लामखुट्टेको बासस्थानसहित लार्भा हुर्काउने स्थल नष्ट गर्ने तथा व्यापक जनसहभागितासहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पालिकालो अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको छ ।
एक्कासि उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा डेङ्गी सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य प्रमुख सापकोटाले सुझाव दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: