Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

पहिरोले माइजोगमाई गाउँपालिकाको प्रशासनिक भवनमा एक करोडको क्षति

खबरडबली संवाददाता

इलाम। यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ । गाउँपालिकाको भवनभन्दा माथिबाट पहिरो पालिकाको झ्यालबाट भित्र पस्दा एक करोड बराबरको क्षति भएको हो ।

लेदोसहितको पहिरोले गाउँपालिकाका प्राय: सबै कोठा पुरिएको गाउँपालिकाका विपद् फोकल पर्सन गोकुल संजेलले जानकारी दिए। उनका अनुसार पालिकाभित्र रहेको प्राविधिक शाखा र लेखा शाखामा पूरै क्षति गरेको छ । अन्य शाखा समेत लेदोसहितको पहिरोले पुरिएको छ ।

पहिरोले पालिकाभित्र रहेका सबै फाइल नष्ट भएका छन् भने एक दर्जनभन्दा बढी ल्यापटप, कम्प्युटर, दराज, टेबल, कुर्सी, कार्पेट आदिको क्षति भएको छ ।

पालिकाभित्रको लेदो हटाउन नेपाली सेना र सशस्त्र प्रहरीले कोशिस गरे पनि सम्भव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए।

पालिकाभित्रको माटो निकाल्न पर्याप्त जनशक्ति नहुँदा अझै तीनरचार दिन लाग्ने भएको छ । विपदको समयमा कार्याल भित्र पस्नेसम्म अवस्था नभएपछि पालिकालाई काम गर्न समस्या भएको छ । फोकल पर्सन संजेलले भने, ‘‘पालिकाभित्र पस्ने अवस्था छैन, बाहिरै बसेर काम गर्नुपर्ने अवस्था छ ।’’

पालिकामा भएको क्षतिबारे इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालसहित सुरक्षा प्रमुखहरुले अनुगमन तथा निरीक्षण गरेको छन् ।

बाढीपहिरोले माइजोगमाई ६ प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो । यस्तै पालिक भित्र ४७ घरपरिवार पूर्ण रुपमा र ८० घरपरिवारको आंशिक क्षति भएको कार्यालयले जनाएको छ ।

बाढीले पालिकाभित्र रहेका रुलुक, अर्चले पुल, जोगमाई खोला बेलीब्रिज बगाएको छ भने  माइखोला बज्रदेवीको पक्की पुलको एक भागमा क्षति गरेको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको संयोजकत्वमा राहत वितरण समन्वय समिति गठन गरेको छ ।

बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपका कारण पुग्न गएको भौतिक तथा मानवीय क्षतिपछि विभिन्न दातृ संस्था, निकाय तथा व्यक्तिबाट गाउँपालिकामा प्राप्त भएका राहत, जिन्सी सामग्री वितरणका लागि स्थानीय राजनीति दल र सरोकारवाला सम्मिलित पालिका स्तरीय विपद् राहत वितरण तथा उद्धार समन्वय समिति गठन गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका सबै ठाउँमा बाढी पहिरोले क्षति गरेका कारण भएका स्रोत साधन प्रयोग गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए। उनले राहत वितरणसँगै पीडितको पुन:स्थापनाका लागि सबैसँग समन्य भइरहेको जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending