Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भ्रमको राजनीति र प्रचण्डविरुद्धको ‘डिजिटल हमला’

प्रचण्डविरुद्ध भ्रम फैलाएको भन्दै पूर्वएआईजीसहित २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

खबरडबली संवाददाता

काठमाडौं । पछिल्ला केही सातायता नेपालको राजनीतिक वृतमा एक शब्द निकै चलायमान बनेको छ  भ्रम। जेनजी आन्दोलनपछि सत्ताको समीकरणदेखि नेताको छविसम्म, सबै ठाउँमा आरोप–प्रत्यारोपको आँधी चलेको छ। यही क्रमको अर्को अध्याय बुधबार खुल्यो, जब माओवादी निकट संगठनहरूले ‘भ्रम फैलाउने’ अभियोगमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरे।

वाईसीएल र अखिल (क्रान्तिकारी) ले संयुक्तरूपमा गरेको उजुरीमा सुवेदीले गरेका ती दाबीलाई ‘पूर्णरूपमा कपोकल्पित र राजनीतिक प्रतिशोधको उपज’ बताइएको छ। सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत “जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुई ट्रकमा निकालिएको” भनेर दाबी गरेका थिए । जुन अहिले विवादको केन्द्र बनेको छ।

माओवादी पक्षका नेताहरूले यसलाई योजनाबद्ध ‘डिजिटल मिसन’ को रूपमा लिएका छन्। उनीहरूको तर्क छ । देश अस्थिर पार्ने प्रयोजनका लागि सामाजिक सञ्जालमार्फत झूटो कथा सिर्जना भइरहेको छ, जसले आन्दोलनका वास्तविक एजेन्डा हराउँदै गएका छन्। उजुरीमा भनिएको छ, “यसरी डिजिटल मञ्चबाट जनतालाई भ्रमित पार्नु, चरित्रहत्या गर्नु र उत्तेजना फैलाउनु गम्भीर आपराधिक गतिविधि हो।”

साइबर ब्युरोमा पुगेको यो उजुरीले एकपटक फेरि डिजिटल स्पेसमा फैलिने राजनीतिक अफवाह र कानुनी जिम्मेवारीको विषयलाई उजागर गरेको छ। सामाजिक सञ्जालले अभिव्यक्तिको स्वतन्त्रता विस्तार गरे पनि त्यसैसँगै आक्षेप, भ्रम र आरोपको बजार पनि तातिरहेको छ।

यतिबेला के यो मुद्दा केवल कानुनी प्रक्रिया हो, वा राजनीतिक प्रतिष्ठा जोगाउने नयाँ संघर्षको सुरुवात ? भन्ने  प्रश्न उब्जिन थालेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending