काठमाडौं । पछिल्ला केही सातायता नेपालको राजनीतिक वृतमा एक शब्द निकै चलायमान बनेको छ भ्रम। जेनजी आन्दोलनपछि सत्ताको समीकरणदेखि नेताको छविसम्म, सबै ठाउँमा आरोप–प्रत्यारोपको आँधी चलेको छ। यही क्रमको अर्को अध्याय बुधबार खुल्यो, जब माओवादी निकट संगठनहरूले ‘भ्रम फैलाउने’ अभियोगमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरे।
वाईसीएल र अखिल (क्रान्तिकारी) ले संयुक्तरूपमा गरेको उजुरीमा सुवेदीले गरेका ती दाबीलाई ‘पूर्णरूपमा कपोकल्पित र राजनीतिक प्रतिशोधको उपज’ बताइएको छ। सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत “जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुई ट्रकमा निकालिएको” भनेर दाबी गरेका थिए । जुन अहिले विवादको केन्द्र बनेको छ।
माओवादी पक्षका नेताहरूले यसलाई योजनाबद्ध ‘डिजिटल मिसन’ को रूपमा लिएका छन्। उनीहरूको तर्क छ । देश अस्थिर पार्ने प्रयोजनका लागि सामाजिक सञ्जालमार्फत झूटो कथा सिर्जना भइरहेको छ, जसले आन्दोलनका वास्तविक एजेन्डा हराउँदै गएका छन्। उजुरीमा भनिएको छ, “यसरी डिजिटल मञ्चबाट जनतालाई भ्रमित पार्नु, चरित्रहत्या गर्नु र उत्तेजना फैलाउनु गम्भीर आपराधिक गतिविधि हो।”
साइबर ब्युरोमा पुगेको यो उजुरीले एकपटक फेरि डिजिटल स्पेसमा फैलिने राजनीतिक अफवाह र कानुनी जिम्मेवारीको विषयलाई उजागर गरेको छ। सामाजिक सञ्जालले अभिव्यक्तिको स्वतन्त्रता विस्तार गरे पनि त्यसैसँगै आक्षेप, भ्रम र आरोपको बजार पनि तातिरहेको छ।
यतिबेला के यो मुद्दा केवल कानुनी प्रक्रिया हो, वा राजनीतिक प्रतिष्ठा जोगाउने नयाँ संघर्षको सुरुवात ? भन्ने प्रश्न उब्जिन थालेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: