Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

‘जेन जेड’ प्रदर्शनकारी : विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहर

खबरडबली संवाददाता

नयाँदिल्ली। एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनको नयाँ लहर फैलिँदै गएको छ । सरकार विरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवा सडकमा उत्रिएका छन् ।

यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्‍यो। यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीले राजनीतिक प्रतिष्ठान विरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए ।

हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनको झल्को दिएको छ । यी आन्दोलन विभिन्न तत्कालीन कारणबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताको नातावादले सघाएको छ ।

तर सबै आन्दोलनको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्राय: नेतृत्वविहीन यी आन्दोलनका सहभागी सन् १९९६ देखि सन् २०१० बिच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् । बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्न्छन्, “यी विरोधको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीले युवा पुस्ताका चिन्ता-चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता-सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटो बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।”

-विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित

विभिन्न मुलुकका यी आन्दोलन सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ । मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य(शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । 

पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचार विरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य भए। दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । 

त्यसैको प्रभावमा मडागास्करका युवाले पनि आन्दोलनलाई सशक्त बनाए । मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौती विरुद्ध सुरु भएको विरोध केही सातामै सरकार विरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्तत: बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले ।

‘वन पिस’ झण्डा स् पप संस्कृति र प्रतिरोधको प्रतीक

यी आन्दोलनमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ(कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकार विरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ । नेपालमा सिंहदरबार र मन्त्रालयमा यही झण्डा प्रदर्शनकारीले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो ।

पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भन्नुभयो, “हामी सबै भ्रष्ट र हत्यारा नेताविरुद्ध एउटै युद्ध लड्दैछौँ ।”

उहाँका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटना बढेका छन्, तर सरकारले अपराध विरुद्धका प्रयासलाई कमजोर बनाएको छ । “शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्व: स्फूर्तरूपमा सडकमा आएको हो”, उनले भने । गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइनुभएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त भएको थिए । तर टाफुरले भने, “यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी छन्।”

-डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण(

इतिहासमा युवाले नै ठूलो आन्दोलनको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०(१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

“सूचना आदान-प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्म अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलन तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्”, नाडेलले स्पष्ट पारे।

नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, गरिब(धनीबिचको असमानता र सरकार विरुद्धको योजनाबद्ध र्‍याली प्रचार गरे । कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान(प्रदान गरे ।

“भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो”, नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भन्नुहुन्छ, “हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्यौँ । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE