Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

खबरडबली संवाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ ।

उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छिन् । गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन् । श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्रीका पाँच हजार बिरुवा रोपेकी छिन् । 

तिहारका बेला बजारको समस्या नहुने भए पनि अहिलेको फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन् । उनले भनिन्, “अघिल्लो वर्ष बजारको समस्या थिएन । तिहारका लागि बजारको समस्या हुँदैन । तिहारपछि भने बजारको समस्या हुँदै आएको छ ।”

श्रेष्ठले तिहारका लागि मात्रै नभई यस बेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरी रहेकी छिन्  । विशेष गरी सहकारी संस्थाको साधारण सभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ ।

उनका अनुसार एउटा फूलको थुङ्गा रु पाँचसम्म बिक्री हुने गरेको छ । यो वर्षका लागि पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले बताइन् । फेसबुक, टिकटकमा फूलको भिडिओ हालेपछि केही ठाउँमा सोधखोज गर्ने बढेको श्रेष्ठले उल्लेख गरिन् । गत वर्षको तिहारमा मात्र श्रेष्ठले रु एक लाखको सयपत्री फूल बिक्री गरेकी थिइन् । उनले भनिन्, “यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन ।”

उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् । उनले भनिन्, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ ।”

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । श्रेष्ठले भनिन्, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending