काठमाडौं । आइसिसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटबाट दुई खेल अगावै विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालले आज उपाधिका लागि सामोआसँग प्रतिस्पर्धा गर्दैछ।
खेल ओमानको अल अमरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।
सामोआ तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मानिँदै आएको छ। सामोआलाई पराजित गर्न सके नेपाल यस क्षेत्रीय छनोटको च्याम्पियन बन्नेछ। नेपाल र सामोआबीचको यो पहिलो प्रतिस्पर्धा हो।
प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नेपाल सुपर सिक्स चरणमा ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। घरेलु टोली ओमान ६ अंकसहित दोस्रो स्थानमा छ।
अन्तिम दिन ओमानले जापानको सामना गर्दैछ। यदि ओमान विजयी हुन्छ र नेपाल सामोआसँग पराजित हुन्छ भने च्याम्पियनको निर्णय नेट रनरेटको आधारमा हुनेछ।
एक दिनअघि ओमानलाई ८ रनले पराजित गरेपछि नेपाली कप्तान रोहित पौडेलले आफ्नो टिमको लक्ष्य ट्रफी भएको बताएका थिए। उनले मेहनत अनुसार टिमले सकारात्मक नतिजा हात पारेको प्रतिक्रिया दिएका थिए।
आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने तय भएको छ। कप्तान पौडेलले विश्वकपमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - ०९:३१
काठमाडौँ । दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्...
फाल्गुन ७ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक...
फाल्गुन ७ गते, २०८२ - ०९:१४
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा ब...
फाल्गुन ७ गते, २०८२ - ०८:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल संशोधन गर्न कास्की जि...
फाल्गुन ७ गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसर...
फाल्गुन ७ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनविरोधी शक्ति र आवाजहरूको स्वामित्व लिँदै त्यसअघि राष्ट्रिय सहमति र...
फाल्गुन ७ गते, २०८२ - ०७:४६
काठमाडौँ । आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो। सहिद द...
फाल्गुन ७ गते, २०८२ - ०७:४०
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र...
फाल्गुन ७ गते, २०८२ - ०७:३६
काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको व...
फाल्गुन ७ गते, २०८२ - ०७:२६
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह...



प्रतिकृया लेख्नुहोस्: