काठमाडौं । माओवादी आन्दोलनको बीउबाट उम्रिएको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) फेरि एकपटक राजनीतिक केन्द्रमा पुगेकाे छ।
यसपटक वाइसिएलको स्वर सरकारमाथि छ, त्यो पनि आफ्नै सरकारमाथि । शुक्रवार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) सँग संयुक्त पत्रकार सम्मेलन गर्दै वाइसिएलका अध्यक्ष पुष्प ओलीले ठाडो माग राखे “प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन होस्।”
पूर्व प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनेकी सुशीला कार्की भ्रष्टाचार छानबिनको अभियान लिएर अघि बढेकी छन्। तर वाइसिएलले भने सो अभियानलाई अझ गहिरो र निष्पक्ष बनाउन आग्रह गरेको छ।
अध्यक्ष ओलीले भने “यो न्यायमूलक राज्य हो। निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्छ। पूर्वप्रधानमन्त्री मात्रै होइन, पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपा र रास्वपाका नेताहरू पनि छानबिनको दायरामा आउनुपर्छ।”
भ्रष्टाचार केवल सत्ता पक्षको गल्ती होइन, यो पुरै व्यवस्थाको रोग हो, जसको उपचार निष्पक्ष हातले मात्र सम्भव छ। ‘छानबिन हाम्रो नेताबाटै सुरु होस्’ उनले भने ।
वाइसिएल अध्यक्ष ओलीले आफ्नो अभिव्यक्तिमा आत्मआलोचना पनि जोड गरे। “हामीले पनि भनेका छाैं माओवादीलाई झन् छुट छैन। शहीदको रगतमाथि होली खेलेर कसैले भ्रष्टाचार गर्छ भने, कारबाही हाम्रै नेताबाट सुरु होस्,” उनले भने।
'हाम्रै नेताबाट सुरु होस्' यो वाक्य माओवादी आन्दोलनको भित्री जगमा गहिरो प्रभाव पार्ने प्रकारको चुनौती हो। किनकि इतिहासमा प्रायः छानबिन अरूका लागि मात्र हुने, आफन्तका लागि अपवाद रहने गरेको आरोप बारम्बार उठ्ने गरेको छ।
पत्रकार सम्मेलनमा ओलीले उठाएका प्रसङ्गहरू केवल सरकारको आलोचना थिएनन्। उनीले पुरानो सत्ता संरचनातर्फ पनि औंला ठड्याएका छन् । उनले भने “पूर्वराजाका घर किन जलेनन् ? राप्रपाका कार्यालय किन सुरक्षित रहे ? रास्वपाको विषय पनि गम्भीर छ,” ओलीले प्रश्न गरे। यो प्रश्न प्रतीकात्मक छ सत्ताको समीकरण बदलिँदा पनि शक्तिको संरक्षण गर्नेहरूको कथा, जसको समीक्षा गर्न वाइसिएलले माग गरेको हो।
पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाले भने सरकारकै कार्यशैलीमाथि असन्तुष्टि जनाए। उनका अनुसार, “जनताले दिएको म्याण्डेट निर्वाचन गराउने र पारदर्शिता कायम गर्ने थियो, तर सरकार त्यस दिशातिर छैन।”
वाइसिएलको स्वर : आत्मसमीक्षा कि सत्ताको सन्देश ?
वाइसिएलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको आफ्नै सरकारमाथि प्रश्न उठाउनु
कसरी बुझ्ने ? के यो संगठनको आत्मसमीक्षा हो, कि आगामी राजनीतिक समीकरणको संकेत ?
नेपालको राजनीतिक संस्कृतिमा यस्तो कदम दुर्लभ छ । जहाँ सत्तासँग आबद्ध संगठनले आफ्नै सरकारमाथि आलोचना गर्छ। तर यही कदमले वाइसिएललाई नयाँ राजनीतिक नैतिकताको प्रतीकका रूपमा पनि स्थापित गर्न सक्छ । यदि उनका शब्दहरू व्यवहारमा परिणत भए भने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: