Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग

खबरडबली संवाददाता

काठमाडौं । माओवादी आन्दोलनको बीउबाट उम्रिएको युवा संगठन  योङ कम्युनिस्ट लिग (वाइसिएल)  फेरि एकपटक राजनीतिक केन्द्रमा पुगेकाे छ।

यसपटक वाइसिएलको स्वर सरकारमाथि छ, त्यो पनि आफ्नै सरकारमाथि ।  शुक्रवार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) सँग संयुक्त पत्रकार सम्मेलन गर्दै वाइसिएलका अध्यक्ष पुष्प ओलीले ठाडो माग राखे “प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन होस्।”

पूर्व प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनेकी सुशीला कार्की भ्रष्टाचार छानबिनको अभियान लिएर अघि बढेकी छन्।  तर वाइसिएलले भने सो अभियानलाई अझ गहिरो र निष्पक्ष बनाउन आग्रह गरेको छ।

अध्यक्ष ओलीले भने “यो न्यायमूलक राज्य हो। निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्छ। पूर्वप्रधानमन्त्री मात्रै होइन, पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपा र रास्वपाका नेताहरू पनि छानबिनको दायरामा आउनुपर्छ।”

भ्रष्टाचार केवल सत्ता पक्षको गल्ती होइन, यो पुरै व्यवस्थाको रोग हो, जसको उपचार निष्पक्ष हातले मात्र सम्भव छ। ‘छानबिन हाम्रो नेताबाटै सुरु होस्’ उनले भने  ।

वाइसिएल अध्यक्ष ओलीले आफ्नो अभिव्यक्तिमा आत्मआलोचना पनि जोड गरे। “हामीले पनि भनेका छाैं माओवादीलाई झन् छुट छैन। शहीदको रगतमाथि होली खेलेर कसैले भ्रष्टाचार गर्छ भने, कारबाही हाम्रै नेताबाट सुरु होस्,” उनले भने।

'हाम्रै नेताबाट सुरु होस्' यो वाक्य माओवादी आन्दोलनको भित्री जगमा गहिरो प्रभाव पार्ने प्रकारको चुनौती हो। किनकि इतिहासमा प्रायः छानबिन अरूका लागि मात्र हुने, आफन्तका लागि अपवाद रहने गरेको आरोप बारम्बार उठ्ने गरेको छ।

पत्रकार सम्मेलनमा ओलीले उठाएका प्रसङ्गहरू केवल सरकारको आलोचना थिएनन्। उनीले पुरानो सत्ता संरचनातर्फ पनि औंला ठड्याएका छन् । उनले भने  “पूर्वराजाका घर किन जलेनन् ? राप्रपाका कार्यालय किन सुरक्षित रहे ? रास्वपाको विषय पनि गम्भीर छ,” ओलीले प्रश्न गरे। यो प्रश्न प्रतीकात्मक छ सत्ताको समीकरण बदलिँदा पनि शक्तिको संरक्षण गर्नेहरूको कथा, जसको समीक्षा गर्न वाइसिएलले माग गरेको हो।

पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाले भने सरकारकै कार्यशैलीमाथि असन्तुष्टि जनाए। उनका अनुसार, “जनताले दिएको म्याण्डेट निर्वाचन गराउने र पारदर्शिता कायम गर्ने थियो, तर सरकार त्यस दिशातिर छैन।”

वाइसिएलको स्वर : आत्मसमीक्षा कि सत्ताको सन्देश ?

वाइसिएलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको आफ्नै सरकारमाथि प्रश्न उठाउनु
कसरी बुझ्ने ?  के यो संगठनको आत्मसमीक्षा हो, कि आगामी राजनीतिक समीकरणको संकेत ?

नेपालको राजनीतिक संस्कृतिमा यस्तो कदम दुर्लभ छ । जहाँ सत्तासँग आबद्ध संगठनले आफ्नै सरकारमाथि आलोचना गर्छ।  तर यही कदमले वाइसिएललाई नयाँ राजनीतिक नैतिकताको प्रतीकका रूपमा पनि स्थापित गर्न सक्छ । यदि उनका शब्दहरू व्यवहारमा परिणत भए भने।May be an image of one or more people, dais, newsroom and text that says May be an image of one or more people and text

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending