Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता

खबरडबली संवाददाता

अमेरिका । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताएका छन् । त्यस्तै, करोडौँ मानिस भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् ।

अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भने, “८० वर्षअघि संसारका मुलुक भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ । तर पछिल्ला सङ्कटले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धि टिकाउ हुन नसक्ने देखाएको छ ।”

उनले भने,“हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौती देखा परेका छन् । यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थितिसमेत देखिएको छ ।”

महासचिवले थपे,“भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन् । अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो ।” गुटेरेसले विश्व समुदायलाई फेरि एक पटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गर्नुभयो,जसले मानिसलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस् ।

दोस्रो विश्वयुद्धको विनाशपछि, सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना गरिएको थियो । त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो ।

यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ । यता, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्ति गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ । 

सन् २०२५ मा डब्लुएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ । रासस/सिन्ह्वा  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: