Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

बाढीका कारणा महाेत्तरीमा कृषिमा एक अर्बभन्दा बढीको क्षति

खबरडबली संवाददाता

महोत्तरी । गएकाे केही समय अघिकाे अविरल वर्षा र बाढीका कारण महोत्तरी जिल्लाको कृषि क्षेत्रमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार बाढी, डुबान र लगातारको वर्षाले धान, उखु, तरकारी, फलफूल, दलहन र नर्सरी बालीहरूमा व्यापक क्षति पुर्‍याएको हो ।

ज्ञान केन्द्रका प्रमुख देवानन्द रायका अनुसार जिल्लाका १४ वटै स्थानीय तहमा करिब १,२२५ हेक्टरभन्दा बढी कृषि जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ । “करिब ५७ हजार ५२७ मेट्रिक टन बाली नष्ट भएको छ, जसको बजार मूल्य लगभग ९६ करोड ५८ लाख रुपियाँ बराबर हुन्छ,” रायले बताए । 

सबैभन्दा बढी क्षति धानबालीमा पुगेको छ । प्रारम्भिक विवरणअनुसार १० हजार ५९१ हेक्टर क्षेत्रफलमा लगाइएको धान बगाएको छ । लामो समयसम्म पानी नपरेका कारण जिल्लामा मात्र ७७ प्रतिशत खेतमा धान रोपाइँ भएको थियो । त्यो पनि नष्ट हुँदा किसान थप मर्माहत बनेका छन् ।

धानपछि करिब ४३ हजार ११२ हेक्टरमा लगाइएको उखुबाली नष्ट भएको छ । त्यस्तै १,४९० हेक्टरमा लगाइएका तरकारी बालीहरू खेतमै गलेका छन् । कृषि ज्ञान केन्द्रका लेखा अधिकृत गोविन्द किशोर साहका अनुसार आर्थिक मूल्याङ्कनका आधारमा सबैभन्दा बढी क्षति उखुमा पुगेको छ ।
उनका अनुसार उखुमा करिब ४० करोड ७७ लाख, धानमा ३१ करोड ७७ लाख र तरकारीमा २१ करोड २३ हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

फलफूल, दलहन, तिल र नर्सरी बालीसमेत समेट्दा कुल क्षति एक अर्ब रुपियाँ नाघेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट प्रभावित किसानहरूले प्रदेश र सङ्घ सरकारसँग राहत र सहुलियतको माग गर्दै आएका छन् । स्थानीय तहका प्रमुखहरूले पनि किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending