Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

समयमै निर्वाचन सम्पन्न हुनेमा विश्वस्त छु: राष्ट्रपति पाैडेल

खबरडबली संवाददाता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने पूर्ण विश्वास व्यक्त गरेका छन् ।

बुधबार बिहान शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निर्वाचन आयोगले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को १९औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनका तयारी र वातावरणबारे जानकारी लिएका हुन् ।

प्रतिवेदन बुझाउने क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गत आर्थिक वर्षमा सम्पन्न गरेका प्रमुख गतिविधिहरू र प्राप्त उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गरे । उनले प्रतिवेदनमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम कार्यक्रम सञ्चालन, राजनीतिक दल दर्ता तथा अद्यावधिक जस्ता कार्यहरू समेटिएको जानकारी दिए ।

भण्डारीले आयोगले कानूनी, संस्थागत र प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । साथै, उनले २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र सफल बनाउन तयारी तीव्र रूपमा अघि बढाइएको बताए ।

उनका अनुसार आयोगले निर्वाचनको तयारीमा राजनीतिक दल, सुरक्षा निकाय, मिडिया, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवाद र सहकार्यको प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गरेपछि आयोगका पदाधिकारीहरूलाई धन्यवाद दिँदै आयोगले अघिल्ला वर्षहरूमा देखाएको प्रतिबद्धता र पेशागत निष्ठाको प्रशंसा गरे । उनले भने, “नेपालमा लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन निर्वाचनको भूमिका अत्यन्त महत्वपूर्ण छ । आगामी निर्वाचन पनि शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुनेमा म पूर्ण विश्वस्त छु ।”

राष्ट्रपतिले निर्वाचन आयोगले पारदर्शिता, उत्तरदायित्व र प्राविधिक सुधारका दिशामा अघि बढिरहेको कार्यलाई सकारात्मक भन्दै आगामी निर्वाचनमा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे । कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू, तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो ।

कार्यक्रम सकिएपछि आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले पत्रकारहरूलाई जानकारी दिँदै आगामी निर्वाचनका सम्पूर्ण तयारीहरू निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार आयोगले मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापन, सूचना प्रणाली अद्यावधिक, र निर्वाचन अधिकृतहरूका लागि तालिम कार्यक्रमहरू पनि सुरु गरिसकेको छ ।

राष्ट्रपतिले प्रतिवेदन ग्रहणसँगै निर्वाचन आयोगको टोलीलाई शुभकामना दिँदै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: