काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने पूर्ण विश्वास व्यक्त गरेका छन् ।
बुधबार बिहान शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निर्वाचन आयोगले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को १९औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनका तयारी र वातावरणबारे जानकारी लिएका हुन् ।
प्रतिवेदन बुझाउने क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गत आर्थिक वर्षमा सम्पन्न गरेका प्रमुख गतिविधिहरू र प्राप्त उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गरे । उनले प्रतिवेदनमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम कार्यक्रम सञ्चालन, राजनीतिक दल दर्ता तथा अद्यावधिक जस्ता कार्यहरू समेटिएको जानकारी दिए ।
भण्डारीले आयोगले कानूनी, संस्थागत र प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । साथै, उनले २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र सफल बनाउन तयारी तीव्र रूपमा अघि बढाइएको बताए ।
उनका अनुसार आयोगले निर्वाचनको तयारीमा राजनीतिक दल, सुरक्षा निकाय, मिडिया, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवाद र सहकार्यको प्रयास गरिरहेको छ ।
राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गरेपछि आयोगका पदाधिकारीहरूलाई धन्यवाद दिँदै आयोगले अघिल्ला वर्षहरूमा देखाएको प्रतिबद्धता र पेशागत निष्ठाको प्रशंसा गरे । उनले भने, “नेपालमा लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन निर्वाचनको भूमिका अत्यन्त महत्वपूर्ण छ । आगामी निर्वाचन पनि शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुनेमा म पूर्ण विश्वस्त छु ।”
राष्ट्रपतिले निर्वाचन आयोगले पारदर्शिता, उत्तरदायित्व र प्राविधिक सुधारका दिशामा अघि बढिरहेको कार्यलाई सकारात्मक भन्दै आगामी निर्वाचनमा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे । कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू, तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो ।
कार्यक्रम सकिएपछि आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले पत्रकारहरूलाई जानकारी दिँदै आगामी निर्वाचनका सम्पूर्ण तयारीहरू निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनका अनुसार आयोगले मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापन, सूचना प्रणाली अद्यावधिक, र निर्वाचन अधिकृतहरूका लागि तालिम कार्यक्रमहरू पनि सुरु गरिसकेको छ ।
राष्ट्रपतिले प्रतिवेदन ग्रहणसँगै निर्वाचन आयोगको टोलीलाई शुभकामना दिँदै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: