काठमाडौँ । पैरवी बुक हाउस प्रालिको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबिच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ । नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धमाथि केन्द्रित रहेर उक्त कृति लेखिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको गहिरो अध्ययन र पुनः पाठको आवश्यकता औँल्याउँदै सिम्रौनगढ र नेपाल मण्डलबिचको ऐतिहासिक सम्बन्धबारे अझ अनुसन्धान गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकार फेरिए पनि इतिहास मेटिँदैन र फेरिँदैन । सिम्रौनगढको इतिहासको गहिराइ बुझ्न थप खोज र अनुसन्धान अपरिहार्य छ । किरात सभ्यता र नेपाल मण्डलबिचको अन्तर्क्रिया अझ खोतलिनुपर्ने विषय हो ।’
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रको इतिहास चिनाउने मेरुदण्डका रूपमा पुस्तक रहेको उल्लेख गर्दै इतिहास लेखनको परिप्रेक्ष्य अझ समावेशी, तथ्यपूर्ण र आलोचनात्मक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी इतिहास लेख्छौँ तर सिम्रौनगढजस्ता ऐतिहासिक क्षेत्र अझै पनि नेपाली इतिहासको मूलधारमा पूर्ण रूपमा समाहित भएका छैनन् । इतिहास राम्रोसँग लेख्न सके मात्र हामी नेपाललाई इतिहासमा सही ढङ्गले चिनाउन सक्छौँ ।’
कार्यकारी अध्यक्ष झाले नेपाल मण्डलले अझै पनि सिम्रौनगढलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले स्वीकार गर्न नसकेको गुनासो गरे । उनले भने, ‘नेपाललाई राम्रो ढङ्गले चिनाउने हो भने इतिहास राम्रोसँग लेख्नु जरुरी छ । नेपाल मण्डलले जसरी सिम्रौनगढलाई जसरी स्वीकार गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । हाम्रो इतिहास पुनर्लेखन गर्न आवश्यक छ ।’
कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सिम्रौनगढ क्षेत्रको पुरातात्त्विक महत्त्वमाथि प्रकाश पार्दै विभाग सिम्रौनगढका सम्पदाको संरक्षणमा सक्रिय रहेको जानकारी दिए । उनले भने, ‘सम्पदा संरक्षणको काम केबल सरकारको एकल जिम्मेवारी होइन, यो साझा दायित्व हो । सिम्रौनगढको सम्पदा नेपाली पहिचानको गौरव हो र यसको संरक्षणमा हामी प्रतिबद्ध छौँ ।’
कार्यक्रममा लेखक रोशनकुमार झाले पुस्तक लेखनको प्रेरणा, उद्देश्य र अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै सिम्रौनगढ क्षेत्रको ऐतिहासिक महत्त्व अझै पनि गहिरो रूपमा नबुझिएको उल्लेख गरे । उनले आफ्नो कृति नेपाल मण्डल र सिम्रौनगढबिचको ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गर्ने प्रयास भएको बताए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ पत्रकार सुधीर शर्मा, संस्कृतिविद् जगमान गुरुङ, इतिहासविद् प्राडा पुरुषोत्मलोचन श्रेष्ठ, पूर्व न्यायाधीश शेषराज शिवाकोटी, प्रभाकरलाल झा, देवेन्द्रनाथ तिवारी, दिनेशराज पन्त, नागरिक अगुवा कनकमणि दीक्षितलगायतले नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धजस्ता ऐतिहासिक क्षेत्रलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्नुपर्ने र यस्ता अनुसन्धानात्मक कृतिहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: