Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दीपावली पर्व प्रारम्भ, आज धनतेरस लक्ष्मीको आराधना गरिँदै

खबरडबली संवाददाता

 काठमाडौँ । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई  ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको  छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो  सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।

मिथिलामा चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ । यसैगरी लक्ष्मीपूजा र गाईपूजा पनि एकदिन अघिपछि परेको छ । सामान्यतया दिवालीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस एबम् औँसीमा गाईपूजा र सन्ध्यापछि लक्ष्मीपूजा गरिने चलन हुन्छ । तर यसपालि रातको औँसी सोमबार नै परेको हुँदा सोही दिन लक्ष्मीपूजा गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।

यसपालि तिथिको भोग घटबढले फरकफरक दिन (एकदिन अघिपछि) यी पर्वविधि गरिन पर्ने भएको हो । धनतेरस आज र भैयादूज (भाइटीका) आउने बिहीबार परेको हुँदा पाँच दिनको भनिने ‘यमपञ्चक’ यसपालि एक दिन बढेर छ दिनको भएको हो । 

कात्तिक कृष्ण त्रयोदशीको रात्रिकाल भोगको (सूर्यास्तपछि) दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका समान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज अपराह्न त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादीको भोगले सन्ध्याकालमा धातुका नयाँ सामान किन्न शुभ हुने पं. झाको भनाइ छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनेछ । 

मिथिलामा धनत्रयोदशी पनि भनिने ‘धनतेरस’ आज मनाइने भए पनि त्रयोदशी तिथिमै मनाइने धन्वन्तरी जयन्ती र काक पूजा भने भोलि आइतबार मनाइने छ । यसैगरी औँसीको रातमा गरिने लक्ष्मी पूजा सोमबार र यसै तिथिमा गरिने गाई पूजा भने मङ्गलबार गरिने छ । ‘धनतेरस’ र लक्ष्मीपूजा सन्ध्याकालसँगै सुरु गरेर रातभरि गरिन्छ । तर गाईपूजा भने दिनको उज्यालोमा गरिने चलनले यो मङ्गलबार बिहान गरिने झाले स्पष्ट पार्नुभयो ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न ‘धनतेरस’ पर्वको परम्परा चलेको पाका मैथिल बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्वलनसँगै ‘धनतेरस’ को पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण  तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ ।दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
 
पर्व विशेषका कारण  तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending