स्याङ्जा। स्याङ्जामा तिहार पर्वमा जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।
शान्ति–सुरक्षा कायम राख्दै मर्यादित र अनुशासित रूपमा पर्व मनाउन प्रशासनले नौ बुँदे सचेतना अपिल सार्वजनिक गरेको छ । देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलाप धर्म, संस्कृतिलाई ठेस नपुग्ने गरी मर्यादित रूपमा राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अनुरोध गरेको छन् ।
सार्वजनिक यातायातमा असर पर्ने, होहल्ला र अशान्ति सिर्जना गर्ने गतिविधि तत्काल रोकिने पौडेलले चेतावनी दिए। दीपावलीको समयमा विद्युत् र मैनबत्तीजस्ता सामग्रीको प्रयोगमा सावधानी अपनाउन, सम्भावित आगलागीमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न, मादक पदार्थ सेवन गरी होहल्ला वा झगडा नगर्न पनि आग्रह गरिएको छ ।
सवारीसाधनको छतमा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ । दीपावली मनाउने क्रममा भुईँचम्पा, पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग, अवैध आयात वा बिक्री वितरण गर्नेलाई कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा अखाद्यवस्तु, रङ मिसाइएका मिठाइ, म्याद गुज्रेका मसला तथा प्लास्टिकका फूलमाला प्रयोग र बिक्री वितरण नगर्न समेत अनुरोध गरिएको छ । त्यस्तै, जुवाजन्य खेल, कृत्रिम अभाव सिर्जना वा अन्य अवैध गतिविधि भएको खण्डमा तत्काल नियन्त्रणका लागि सबै पक्षलाई आग्रह गर्दै प्रशासनले सचेत र जिम्मेवार नागरिकको रूपमा पर्व मनाउन सबैलाई आह्वान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १२:३५
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...
आषाढ़ ६ गते, २०८३ - १२:११
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...
आषाढ़ ६ गते, २०८३ - ११:४०
उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...
आषाढ़ ६ गते, २०८३ - ११:२४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...
आषाढ़ ६ गते, २०८३ - ११:०२
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...



प्रतिकृया लेख्नुहोस्: