काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए।
शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन्।
‘देशमा नयाँ एउटा परिवर्तन भएको छ। जेनजी आन्दोलनले सबैका सोचहरु बद्लिएका छन्। सबैका अवस्था बदलिएका छन्। नेपाली जनता मात्र होइन विश्वभर नै आन्दोलनका तरंग छ। यसलाई क्रान्तिकारीहरुले शोषित, उत्पिडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा भावनासँग जोडेर लान चाहान्छ,’ उनले भने, ‘अर्काथरी मान्छे आजका परिवर्तनलाई उल्टाएर पछि फर्काउन चाहन्छन्। कति मान्छेहरू अल्मलिएर बसेका छन्। तपाई–हामी आफूलाई क्रान्तिकारी भन्नेहरुले जहिले पनि क्रान्तिकारी, बस्तुवादी, वैज्ञानिक दृष्टिकोण र सोचबाट यसलाई हेनुपर्ने हुन्छ।’
नेता पुनले आफूहरु हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध रहँदा कसैको हेला भने नसहने बताए।
‘आज सत्तामा भएका साथीहरु पनि परीक्षित हुन्। सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायधीश भइसक्नुभएको, अर्थमन्त्री, उर्जामन्त्रीलगायत अरु मन्त्री सबै साथीहरु परीक्षित हुनुहुन्छ। हामी पनि परीक्षित हौं र हामी परीक्षामा फेरी पनि उत्रन तयार छौं। तर, हामीलाई हेपेजस्तो देखिएको छ। सरकारलाई भनेका छौ हामी चुनावका लागि आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध छौं तर कसैको हेला सहदैनौं,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: