मुस्ताङ। स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ। गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको हो।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यस वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजार रूपियाँको स्याउको कारोबार भएको हो। गतवर्षको तुलनामा करिब १० करोडको स्याउ बढी बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्र प्रमुख राजेश गुरूङले यसवर्ष मुस्ताङको स्याउको माग बढेकाले बजारको कुनै समस्या नभएको बताए।
प्रमुख गुरूङले भने,‘‘कृषि प्राविधिको टोलीले बगैँचाबाटै विवरण सङ्कलन गरिन्छ, कृषक र स्थानीय तहका कृषि शाखासँग समेत समन्वय गरिएको छ।’’
मुस्ताङमा आठ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२, हाइब्रिड ६० हेक्टरमा रहेको छ। यसवर्ष स्थानीय प्रजातिको कुल पाँच सय ८३ हेक्टर क्षेत्रफलबाट ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले जानकारी दिए। स्थानीय प्रति हेक्टर १०।४१ र उच्च घनत्व २६।१२ मेट्रिकटन स्याउ उत्पादन हुन्छ।
पछिल्लो समय मुस्ताङका स्याउ कृषक गाला र किङरोड जातको स्याउ खेतीमा आर्कषित भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी एक सय ३० रूपियाँ र हाइब्रिड प्रतिकेजी दुई सय रूपियाँ औषत मूल्य तोकिएको छ। मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिन्छ।
पछिल्लो समय उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले समेत स्याउ खेतीलाई प्राथमिकता दिएकाले स्थानीय र उच्च घनत्वको स्याउ उत्पादन बढ्ने केन्द्र प्रमुख गुरूङले बताए। मुस्ताङमा घुम्न जाने स्वदेशी पर्यटकले कोशेलीको रूपमा समेत स्याउ लैजाने गर्दछन्।
मलजल र नयाँ बिरुवाले समेत फल दिएपछि यसवर्ष स्याउ उत्पादन राम्रो भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले बताए। स्याउ टिप्ने समयसीमा तोकिएकाले पनि राम्रो स्याउ बजारमा गएको कृषक गुरूङको भनाइ छ। कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ) र स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजलसहित प्राविधिक तालिमका कारण रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: