Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मुस्ताङबाट एक अर्ब १० करोड बढीको स्याउ निर्यात

खबरडबली संवाददाता

मुस्ताङ। स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ। गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको हो। 

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यस वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजार रूपियाँको स्याउको कारोबार भएको हो। गतवर्षको तुलनामा करिब १० करोडको स्याउ बढी बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्र प्रमुख राजेश गुरूङले यसवर्ष मुस्ताङको स्याउको माग बढेकाले बजारको कुनै समस्या नभएको बताए।

प्रमुख गुरूङले भने,‘‘कृषि प्राविधिको टोलीले बगैँचाबाटै विवरण सङ्कलन गरिन्छ, कृषक र स्थानीय तहका कृषि शाखासँग समेत समन्वय गरिएको छ।’’ 

मुस्ताङमा आठ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२, हाइब्रिड ६० हेक्टरमा रहेको छ। यसवर्ष स्थानीय प्रजातिको कुल पाँच सय ८३ हेक्टर क्षेत्रफलबाट ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले जानकारी दिए। स्थानीय प्रति हेक्टर १०।४१ र उच्च घनत्व २६।१२ मेट्रिकटन स्याउ उत्पादन हुन्छ। 

पछिल्लो समय मुस्ताङका स्याउ कृषक गाला र किङरोड जातको स्याउ खेतीमा आर्कषित भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी एक सय ३० रूपियाँ र हाइब्रिड प्रतिकेजी दुई सय रूपियाँ औषत मूल्य तोकिएको छ। मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिन्छ। 

पछिल्लो समय उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले समेत स्याउ खेतीलाई प्राथमिकता दिएकाले स्थानीय र  उच्च घनत्वको स्याउ उत्पादन बढ्ने केन्द्र प्रमुख गुरूङले बताए। मुस्ताङमा घुम्न जाने स्वदेशी पर्यटकले कोशेलीको रूपमा समेत स्याउ लैजाने गर्दछन्।

मलजल र नयाँ बिरुवाले समेत फल दिएपछि यसवर्ष स्याउ उत्पादन राम्रो भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले बताए। स्याउ टिप्ने समयसीमा तोकिएकाले पनि राम्रो स्याउ बजारमा गएको कृषक गुरूङको भनाइ छ। कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ) र स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजलसहित प्राविधिक तालिमका कारण रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending