रौतहट । रौतहटका नौ वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको हो ।
रौतहटका १८ वटा स्थानीय तहमध्ये चालु आर्थिक वर्षमा हालसम्म पाँच वटा स्थानीय तहमा मात्र दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । निमित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा रहेका रौतहटका १३ वटा स्थानिय तहमा प्रथम त्रैमासिकका लागि मात्र आर्थिक कारोबार सुचारु गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते महालेखा नियन्त्रक कार्यालयलाइ जानकारी गराएको थियो ।
देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका लागि सभा नै हुन् सकेको छैन भने गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा खाता सञ्चालन हुन सकेको छैन ।
राजदेवी नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ३१ गते शुक्रबार पुनः निमित प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
वृन्दावन नगरपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भए पनि यहाँ बाट रमाना लिन नमानेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले वृन्दावन नगरपालिकाको सम्पूर्ण खाता निष्क्रिय पारी दिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृतलाई पहिलो त्रैमासिकमा मात्र खर्चको अख्तियारी दिएको हुनाले पहिलो त्रैमासिकको अन्तिम दिन असोज ३१ गते शुक्रबार राति १० बजे नौ वटा स्थानीय तहको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिए ।
दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, चन्द्रपुर नगरपालिका, यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाको यथाबत रुपमा खाता सञ्चालन रहेको उनले बताए ।
निमितलाई पुनः आर्थिक अख्तियारी दिने वा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्ने निक्र्यौल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरे पछि सुत्र लक गरिएका स्थानीय तहको खाता सञ्चालन हुने प्रमुख कोष नियन्त्रक गौतमले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: