Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

ताप्लेजुङमा अलैंचीको मूल्य मनको ८८ हजार पुग्यो

खबरडबली संवाददाता

ताप्लेजुङ । दसैँ सकिएसँगै ताप्लेजुङमा अलैंचीको मूल्य बढ्दै प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँ पुगेको छ । दसैँअघि प्रतिमन ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैंचीको मूल्य पछिल्लो डेढ सातायता निरन्तर बढ्दै आइतबार ८८ हजारमा पुगेको हो ।

स्थानीय व्यापारी कमल बरालका अनुसार अलैंचीको मूल्य हरेक दिन एकदेखि दुई हजार रुपियाँका दरले बढ्दै आएको छ । गुणस्तरीय अर्थात् ठूलो दानाको अलैंची भने प्रतिमन ९५ हजार रुपियाँभन्दा बढीमा कारोबार भइरहेको पनि उनले जानकारी दिए ।

बरालका अनुसार भदौ महिनापछि बजारमा नयाँ अलैंची आउन थालेको थियो । सो समयमा पनि प्रतिमन ८८ हजार रुपियाँमा कारोबार भएको भए पनि असोज लागेपछि मूल्य घट्दै दसैँअघि ८० हजारमा झरेको थियो ।

अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीका अनुसार दसैँ सकिएपछि पुनः मूल्य वृद्धि सुरु भएको हो । उनका अनुसार पछिल्ला दिनमा बजारमा अलैंचीको कारोबार फङ्लिङ बजारमा धमाधम भइरहेको छ, र किसान तथा व्यापारी दुवै मूल्यवृद्धिले उत्साहित छन् ।

व्यवसायीहरूका अनुसार नेपालमा उत्पादन हुने अलैंचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले मूल्यमा उतारचढाव भइरहन्छ । तर, गत वर्षको तुलनामा यस वर्ष सुरुको मूल्य नै राम्रो आएको उनीहरूको भनाइ छ ।

ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको अलैंची यहाँका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा खेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा हाल करिब ४ हजार १६५ हेक्टर क्षेत्रमा अलैंची खेती भइरहेको छ । गत वर्ष सो क्षेत्रफलबाट २ हजार ५३१ मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

यस वर्ष फलाइ केही कम भएकाले उत्पादन घट्ने अनुमान किसानहरूले गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending