भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि ‘सिकाइ तथा अध्ययन केन्द्र’को रूपमा विकसित हुँदै गएको छ ।
यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेका हुन् । गाउँपालिकामा हाल करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ भने करिब नौ सय किसान यसमा संलग्न छन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न जिल्लाबाट किसान र कृषि विज्ञ आउने गरेका छन् । हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गरेका थिए ।
थारुले स्थानीय किसानको बगान अवलोकनपछि भने, “यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएका छन् । यहाँको प्रविधिबारे जानकारी लिएर हामी पनि आफ्नै क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”
गाउँपालिकाले खुर्सानी खेतीमा संलग्न किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष मात्र खुर्सानी बिक्रीबाट करिब १८ करोड रुपैयाँ आम्दानी भएको छ ।
“खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास भइरहेको छ,” अध्यक्ष राईले भने, “यो खेतीले हाम्रो गाउँपालिकाको मुख्य आम्दानीको स्रोतको रूपमा पहिचान पाएको छ ।”
खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।
गाउँपालिका–५ सानोदुम्माका किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा लगाएका छन् । उनका अनुसार एक बोटबाट करिब २०० रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
“प्राविधिक सहयोग र बजार सहज भएकाले यो खेती फाइदाजनक बनेको छ,” उनले भने ।
पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न
पौष १८ गते, २०८२ - ११:२३
काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...
पौष १८ गते, २०८२ - ११:१९
काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...
पौष १८ गते, २०८२ - ११:१४
कठमाडाैं । नेपालको कृषि इतिहासमा धेरै यस्ता बाली छन्, जसलाई लामो समयसम्म सामान्य, उपेक्षित वा ‘गरिबको खाना’ भनेर हेरियो। बेलचन (लालचन/हिबिस्कस) पनि त्...
पौष १८ गते, २०८२ - ११:१०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २९ सय रुपैयाँले बढेको छ ...
पौष १८ गते, २०८२ - १०:५८
कास्की । पोखरामा आज (पुस १८ शुक्रबार)देखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्...
पौष १८ गते, २०८२ - १०:४७
काठमाडाैं । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागर...




प्रतिकृया लेख्नुहोस्: