Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

२३ र २४ को घटना विदेशी योजनाअनुरुप भएको हो : महेश बस्नेत

खबरडबली संवाददाता

भक्तपुर। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को घटना विदेशी योजनाअनुरुप भएकाले त्यसमा नेपालीहरु चनाखो हुनुपर्ने बताएको छन् । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम उनले सो कुरा बताए । 

भ्रष्टाचार अन्त्य गरी मुलुकमा प्रणालीको विकास गर्ने जेनजी युवा पुस्ताको माग जायज भए पनि त्यसमा विदेशी तत्वहरुले खेल्ने अवसर पाएको उनको भनाइ छ । सुशासन कायम गर्ने र सामाजिक सञ्जाल सुचारु गर्नुपर्छ भन्ने माग जायज रहेको भए पनि षडयन्त्रकारीले जेनजीको भावनामा खेलेको उनको बुझाइ छ । 

उनले नेपाली आन्दोलनमा तिब्बतियन ओर्जिनल ब्लड आएर भदौ २३ र २४ को विध्वंस मच्चाएको पनि उनले दावी गरे। ‘बालबालिकाको भावनामा खेलेर  नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएको छ, यो कुरा जेनजी पुस्ताले बुझ्नुपर्छ उनले भने। आन्दोलन स्थलमा एसएलआर हतियार प्रयोग भएको बस्नेतको दाबी छ। विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनस्थलमा लगेर प्रयोग गर्ने काम भएको उनले बताए। घटनाको सत्यतथ्य छानविन गर्न उनले माग गरे। 

सिंहदरवारमा आगजनी गर्ने काममा काठमाडौं महानगरका मेयर बालेन साहको समेत हात रहेको उनले दावी गरे। जेनजी आन्दोलनमा धेरै तत्वले फाइदा लिएको बताउँदै उहाँले छानविन पूर्वाग्रही ढंगले भएमा परिणाम देखिने बताए। नेताको घर, सार्वज्निक सम्पत्ति जलाउने र तोडफोड गर्ने काम अपराध भएको बताउँदै उहाँले दोसीलाई कारवाहीको माग गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending