Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

२३ र २४ को घटना विदेशी योजनाअनुरुप भएको हो : महेश बस्नेत

खबरडबली संवाददाता

भक्तपुर। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को घटना विदेशी योजनाअनुरुप भएकाले त्यसमा नेपालीहरु चनाखो हुनुपर्ने बताएको छन् । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम उनले सो कुरा बताए । 

भ्रष्टाचार अन्त्य गरी मुलुकमा प्रणालीको विकास गर्ने जेनजी युवा पुस्ताको माग जायज भए पनि त्यसमा विदेशी तत्वहरुले खेल्ने अवसर पाएको उनको भनाइ छ । सुशासन कायम गर्ने र सामाजिक सञ्जाल सुचारु गर्नुपर्छ भन्ने माग जायज रहेको भए पनि षडयन्त्रकारीले जेनजीको भावनामा खेलेको उनको बुझाइ छ । 

उनले नेपाली आन्दोलनमा तिब्बतियन ओर्जिनल ब्लड आएर भदौ २३ र २४ को विध्वंस मच्चाएको पनि उनले दावी गरे। ‘बालबालिकाको भावनामा खेलेर  नेपाललाई ध्वस्त बनाउने प्रयास गरिएको छ, यो कुरा जेनजी पुस्ताले बुझ्नुपर्छ उनले भने। आन्दोलन स्थलमा एसएलआर हतियार प्रयोग भएको बस्नेतको दाबी छ। विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनस्थलमा लगेर प्रयोग गर्ने काम भएको उनले बताए। घटनाको सत्यतथ्य छानविन गर्न उनले माग गरे। 

सिंहदरवारमा आगजनी गर्ने काममा काठमाडौं महानगरका मेयर बालेन साहको समेत हात रहेको उनले दावी गरे। जेनजी आन्दोलनमा धेरै तत्वले फाइदा लिएको बताउँदै उहाँले छानविन पूर्वाग्रही ढंगले भएमा परिणाम देखिने बताए। नेताको घर, सार्वज्निक सम्पत्ति जलाउने र तोडफोड गर्ने काम अपराध भएको बताउँदै उहाँले दोसीलाई कारवाहीको माग गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending