Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

स्थानीय उत्पादन क्षतिसँगै आयात प्रतिबन्धले आकाशियो फूलको मूल्य

खबरडबली संवाददाता

मोरङ । तिहारको रौनक सुरु भएसँगै विराटनगरलगायत मोरङका बजारमा सयपत्री फूलको मूल्य अनियन्त्रित रूपमा बढेको छ। स्थानीय उत्पादनमा वर्षाले क्षति पुर्‍याउनु र सरकारले भारतबाट फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा फूलको चरम अभाव सिर्जना हुँदा मूल्य आकाशिएको हो।

केही साताअघिसम्म प्रतिमाला ४० देखि ५० रुपैयाँमा पाइने सयपत्री अहिले १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उपभोक्ता र किसान दुवै दोहोरो मारमा परेका छन्। चाडपर्वको मुखमा सरकारी अनुगमन निकायको निष्क्रियताले व्यापारीहरूले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ।

यस वर्ष फूल फुल्ने बेलामा परेको अविरल वर्षा र बाढीले सयपत्री खेतीमा निर्भर किसानहरूको लगानी र आशा दुवै बगाएको छ। विराटनगर–६ केसलिया खोला किनारमा विगत १० वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका किसान रतन जानाले यसपालि आफ्नो लगानीसमेत नउठ्ने अवस्था आएको दुःखेसो पोखे।

“गत वर्षको आम्दानीले उत्साहित भएर यसपालि ७० हजारभन्दा बढी सयपत्रीका बोट रोपेको थिएँ,” जानाले भने, “फूल फुल्ने बेलामै आएको बाढीले सबै बोट गलाएर सखाप पार्‍यो। वर्षाले मेरो फूल मात्र होइन, वर्षभरिको मेहनत र सपना पनि बगायो। करिब ५ लाख रुपैयाँको नोक्सानी भयो।”

उनका अनुसार बचेका थोरै बोटमा पनि राम्रो फूल नलागेकाले बजारमा उचित मूल्य पाउन सकिएको छैन। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतबाट प्राकृतिक तथा प्लास्टिकका फूलमाला आयातमा प्रतिबन्ध लगाएको थियो।

तर, स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्थामा यो नीति प्रत्युत्पादक बनेको छ। बजारको यही अभावको फाइदा उठाउँदै सीमा क्षेत्रबाट तस्करीमार्फत भारतीय फूलहरू अवैध रूपमा भित्रिरहेका छन्।

एक व्यापारीले भने, “सरकारले आयात रोक्नुअघि यहाँको उत्पादनको अवस्था हेर्नुपर्थ्यो। अहिले भन्सारबाट ल्याउन पाइँदैन, चोर बाटोबाट ल्याउँदा प्रहरीले समात्ने डर हुन्छ। ठाउँ(ठाउँमा पैसा खुवाउनुपर्छ। यही जोखिमको मूल्य जोड्दा फूल महँगो भएको हो।”

यद्यपि, विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले प्रतिबन्ध लगाएका कुनै पनि वस्तु भन्सार नाकाबाट आयात हुन नदिइएको दाबी गरे।

फूलको अस्वाभाविक मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। विराटनगर बजारमा फूल किन्न आएकी सरिता कोइरालाले मूल्य सुनेर आफू चकित परेको बताइन्।

“तिहार भनेकै फूल, बत्ती र देउसीभैलो हो। एउटा सामान्य मालालाई १५० रुपैयाँ तिर्नुपरेपछि कसरी मनाउनु चाड रु” उनले आक्रोश पोखिन्, “सरकारले बजार अनुगमन गर्दैन, व्यापारीले जे भन्यो त्यही तिर्नुपर्ने बाध्यता छ। यस्तो महँगीले त चाडको रौनक नै खोसिदियो।”

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताहरू हरेक वर्ष ठगिन बाध्य छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending