Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

स्थानीय उत्पादन क्षतिसँगै आयात प्रतिबन्धले आकाशियो फूलको मूल्य

खबरडबली संवाददाता

मोरङ । तिहारको रौनक सुरु भएसँगै विराटनगरलगायत मोरङका बजारमा सयपत्री फूलको मूल्य अनियन्त्रित रूपमा बढेको छ। स्थानीय उत्पादनमा वर्षाले क्षति पुर्‍याउनु र सरकारले भारतबाट फूल आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा फूलको चरम अभाव सिर्जना हुँदा मूल्य आकाशिएको हो।

केही साताअघिसम्म प्रतिमाला ४० देखि ५० रुपैयाँमा पाइने सयपत्री अहिले १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उपभोक्ता र किसान दुवै दोहोरो मारमा परेका छन्। चाडपर्वको मुखमा सरकारी अनुगमन निकायको निष्क्रियताले व्यापारीहरूले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ।

यस वर्ष फूल फुल्ने बेलामा परेको अविरल वर्षा र बाढीले सयपत्री खेतीमा निर्भर किसानहरूको लगानी र आशा दुवै बगाएको छ। विराटनगर–६ केसलिया खोला किनारमा विगत १० वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएका किसान रतन जानाले यसपालि आफ्नो लगानीसमेत नउठ्ने अवस्था आएको दुःखेसो पोखे।

“गत वर्षको आम्दानीले उत्साहित भएर यसपालि ७० हजारभन्दा बढी सयपत्रीका बोट रोपेको थिएँ,” जानाले भने, “फूल फुल्ने बेलामै आएको बाढीले सबै बोट गलाएर सखाप पार्‍यो। वर्षाले मेरो फूल मात्र होइन, वर्षभरिको मेहनत र सपना पनि बगायो। करिब ५ लाख रुपैयाँको नोक्सानी भयो।”

उनका अनुसार बचेका थोरै बोटमा पनि राम्रो फूल नलागेकाले बजारमा उचित मूल्य पाउन सकिएको छैन। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले भारतबाट प्राकृतिक तथा प्लास्टिकका फूलमाला आयातमा प्रतिबन्ध लगाएको थियो।

तर, स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्थामा यो नीति प्रत्युत्पादक बनेको छ। बजारको यही अभावको फाइदा उठाउँदै सीमा क्षेत्रबाट तस्करीमार्फत भारतीय फूलहरू अवैध रूपमा भित्रिरहेका छन्।

एक व्यापारीले भने, “सरकारले आयात रोक्नुअघि यहाँको उत्पादनको अवस्था हेर्नुपर्थ्यो। अहिले भन्सारबाट ल्याउन पाइँदैन, चोर बाटोबाट ल्याउँदा प्रहरीले समात्ने डर हुन्छ। ठाउँ(ठाउँमा पैसा खुवाउनुपर्छ। यही जोखिमको मूल्य जोड्दा फूल महँगो भएको हो।”

यद्यपि, विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारले प्रतिबन्ध लगाएका कुनै पनि वस्तु भन्सार नाकाबाट आयात हुन नदिइएको दाबी गरे।

फूलको अस्वाभाविक मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। विराटनगर बजारमा फूल किन्न आएकी सरिता कोइरालाले मूल्य सुनेर आफू चकित परेको बताइन्।

“तिहार भनेकै फूल, बत्ती र देउसीभैलो हो। एउटा सामान्य मालालाई १५० रुपैयाँ तिर्नुपरेपछि कसरी मनाउनु चाड रु” उनले आक्रोश पोखिन्, “सरकारले बजार अनुगमन गर्दैन, व्यापारीले जे भन्यो त्यही तिर्नुपर्ने बाध्यता छ। यस्तो महँगीले त चाडको रौनक नै खोसिदियो।”

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताहरू हरेक वर्ष ठगिन बाध्य छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending