बागलुङ। पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।
चालकसहित १४ जना सवार जिपका १२ जना घाईते भएको र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए। घाइतेमध्ये बागलुङको बडिगाड गाँउपालिका–७ का २९ वर्षिय कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० का ४६ वर्षिय चन्द्र कुमारी रोकाको अवस्था मध्यम छ । उहाँहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।
प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, दुर्घटनामा बडिगाड गाँउपालिका–७ का सवारी चालक ३९ वर्षिय चितमान गुरुङसहित सोही स्थानका ४४ वर्षिय केशव गुरुङ, १८ वर्षिय सपना गुरुङ, ११ वर्षिय शिशिर विक समान्य घाईते भएको छन् ।
यस्तै, बागलुङको निसीखोला गाउँपालिका–१ का ७ वर्षिय सृष्टि विक तथा ४७ वर्षिय दिल बहादुर थापा घाईते हुनुभएको छ । पाल्पा जिल्लाको बगनाशकाली गाँउपालिका–८ का ३३ वर्षिय टिका न्यौपाने र १० वर्षिय रिदम न्यौपानको अवस्था पनि सामान्य छ ।
नवलपरासी बर्दघाट नगरपालिका–१० का २२ वर्षिय आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका–३ का २७ वर्षिय हुमा छन्त्यालको अवस्था पनि सामान्य छ । अन्य दुई जना सकुशल रहेको चौधरीले बताए । घाईते सबैको मिसन अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...
मंसिर २८ गते, २०८२ - ११:५१
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...
मंसिर २८ गते, २०८२ - ११:३९
नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...




प्रतिकृया लेख्नुहोस्: