बागलुङ। पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।
चालकसहित १४ जना सवार जिपका १२ जना घाईते भएको र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए। घाइतेमध्ये बागलुङको बडिगाड गाँउपालिका–७ का २९ वर्षिय कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० का ४६ वर्षिय चन्द्र कुमारी रोकाको अवस्था मध्यम छ । उहाँहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।
प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, दुर्घटनामा बडिगाड गाँउपालिका–७ का सवारी चालक ३९ वर्षिय चितमान गुरुङसहित सोही स्थानका ४४ वर्षिय केशव गुरुङ, १८ वर्षिय सपना गुरुङ, ११ वर्षिय शिशिर विक समान्य घाईते भएको छन् ।
यस्तै, बागलुङको निसीखोला गाउँपालिका–१ का ७ वर्षिय सृष्टि विक तथा ४७ वर्षिय दिल बहादुर थापा घाईते हुनुभएको छ । पाल्पा जिल्लाको बगनाशकाली गाँउपालिका–८ का ३३ वर्षिय टिका न्यौपाने र १० वर्षिय रिदम न्यौपानको अवस्था पनि सामान्य छ ।
नवलपरासी बर्दघाट नगरपालिका–१० का २२ वर्षिय आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका–३ का २७ वर्षिय हुमा छन्त्यालको अवस्था पनि सामान्य छ । अन्य दुई जना सकुशल रहेको चौधरीले बताए । घाईते सबैको मिसन अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १६:१९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...
फाल्गुन ६ गते, २०८२ - १६:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...
फाल्गुन ६ गते, २०८२ - १५:५५
काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...
फाल्गुन ६ गते, २०८२ - १५:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...
फाल्गुन ६ गते, २०८२ - १५:२२
सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...
फाल्गुन ६ गते, २०८२ - १४:५३
सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएक...
फाल्गुन ६ गते, २०८२ - १४:३८
चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन का...
फाल्गुन ६ गते, २०८२ - १४:२३
काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...
फाल्गुन ६ गते, २०८२ - १४:११
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...
फाल्गुन ६ गते, २०८२ - १३:४७
काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर का...



प्रतिकृया लेख्नुहोस्: