Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वैचारिक निष्ठा र सङ्घर्षको कसीमा लेखनाथ न्यौपाने, गोरखा–२ मा पहिलो चुनावी परीक्षा

खबरडबली संवाददाता

सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएको छन् । ३६ वर्षे राजनीतिक यात्रापछि उहाँ प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएको हो । विद्यार्थी जीवनदेखि वैचारिक सङ्घर्षमा अभ्यस्त न्यौपानेका लागि यो अवसर केवल उम्मेदवारी मात्र होइन, दीर्घ राजनीतिक प्रतिबद्धताको सार्वजनिक मूल्याङ्कन पनि हो ।

वि।सं। २०३० चैत २८ गते गोरखाको सिरानचोक–३, हर्मीमा जन्मेका न्यौपानेले पालुङटारस्थित आँपपिपलको जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेको हो । कक्षा ९ देखि नै विद्यार्थी राजनीतिमा संलग्न उनले क्याम्पस जीवनसँगै आफ्नो वैचारिक सक्रियतालाई थप परिपक्व बनाउँदै अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध भए। उनले महेन्द्ररत्न क्याम्पस ताहाचलको एकाइ अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेले।

न्यौपानेको राजनीतिक औपचारिकता वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यताबाट सुरु भएको थियो । त्यसपछि नेकपा (माओवादी)का विभिन्न तह र जिम्मेवारीमा रहँदै उनले ललितपुर र मकवानपुर जिल्ला इन्चार्जको भूमिका निर्वाह गरे । पार्टी एकीकरणपछिको नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपाको केन्द्रीय सदस्यका रूपमा समेत उहाँले योगदान दिँदै आएको छ ।

राजनीतिक सङ्घर्षका क्रममा उनले २०५४ देखि २०५८ सालसम्म विभिन्न मुद्दा खेप्दै चार वर्ष जेल जीवन बिताए । रिहाइपछि पनि उनको 'टाउकोको मूल्य' तोकिएको समयले जीवनलाई थप जोखिमपूर्ण बनाएको थियो, यद्यपि उनले आफ्नो वैचारिक अडान त्यागेनन्। ५२ वर्षीय न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेको छन् । उनी बौद्धिक र आलोचनात्मक चेत भएका नेताका रूपमा चिनिन्छन् ।

हाल चुनावी प्रचारमा व्यस्त उनी मतदातालाई स्वतन्त्र र सचेत मतदानका लागि प्रेरित गर्ने अभियानमा लागेको छन् । पैसाको प्रलोभन र झुटा आश्वासनको राजनीतिविरुद्ध स्पष्ट आवाज उठाउँदै आएका न्यौपाने संसद् पुगेपछि दलगत ह्विपको सीमाबारे बहस चलाउने बताउछन्। राष्ट्रियता, परराष्ट्र नीति र जनजीविकासँग सम्बन्धित विषयमा स्वतन्त्र चिन्तनको पक्षमा उभिने उनको प्रतिबद्धता छ ।

यस पटकको निर्वाचन न्यौपानेका लागि केवल प्रतिस्पर्धा मात्र नभएर विचार र निष्ठाको परीक्षा बनेको छ । गोरखाली मतदाताले उनको दीर्घ सङ्घर्षलाई कस्तो जनादेश दिन्छन्, त्यो भने आगामी फागुन २१ गतेको नतिजाले तय गर्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...

सिमकोटमा खानेपानीको अभाव

हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: