Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

लेख्न छाडिएका नेपाली वर्णमालाका अक्षर पुनर्स्थापित गर्न सिक्किम उच्च अदालतको आदेश

खबरडबली संवाददाता

काठमाडौं । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरुलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरुको प्रयोग अनिवार्य गर्न सिक्किम उच्च अदालतले आदेश दिएको हो ।

पहिले नेपाली वर्णमालाका क, ख, ग पढाउने बेलामा ती अक्षरहरु पढाउने, लेखाउने गरिन्थ्यो । तर पछि आधुनिकतासँगै ‘ण’लाई ‘न’ले विस्थापित गरेको थियो । साथै तालब्य ‘श’को सट्टा दन्त्य ‘स’ लेख्ने गरिन्छ । यसैगरी ऋ अक्षरलाई ‘रि’ लेख्न थालिएको छ । यसैगरी अन्य अक्षरहरु पनि बोलीचालीको शैलीमा लेख्न र भन्न थालिएको छ ।

विद्यालय, विश्वविद्यालय, पत्रिका, साहित्यिक कतिपय किताबहरुमा यी अक्षरहरु प्रयोग हुन छाडिएपछि आफ्ना बालबालिकालाई नेपाली सिकाउने अभिभावक र शिक्षकहरुका के सही, के गलत भन्ने द्विविधा थियो ।

यसैबीचमा सिक्किम निवासी अवकाश प्राप्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार धनराज गुरूङले ७ अगस्त २०२५ को दिन सिक्किम उच्च अदालतमा रिट दायर गरेका थिए । गुरुङले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र सिक्किम राज्य सरकारलगायतलाई विपक्षी बनाएका थिए । उनले यी अक्षरहरु हटाइदिँदा भाषिक शुद्धता र पहिचानमा सिधा असर परिरहेकाले ती अक्षरहरुको प्रयोग अनिवार्य गर्न आदेशको माग गरेका थिए ।

सोही रिटमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाबाट हराउन लागेका नेपाली भाषाका अक्षरहरुलाई मौलिक पहिचानसहित फर्काउन र प्रयोग अनिवार्य गर्न आदेश दिएको छ ।

उच्च अदालतले आदेशमा भनेको छ– नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी छ । किनभने भाषा केबल सम्वादको रुपमा मात्र होइन, बरु पहिचान र संस्कृतिको आधार पनि हो ।

त्यसैले उच्च अदालतले लेख्न र पढ्न छाडिएका ती अक्षरहरु तत्काल प्रयोगमा ल्याउँदै त्यसको सही प्रयोग किताब र पाठ्यक्रमहरुमा सुनिश्चित गर्न भनेको छ ।

आदेश कार्यान्वयनका लागि नेपाली भाषाविज्ञ सहितको एक कमिटी पनि गठन गर्न उच्च अदालतले आदेश दिएको छ ।

सो आदेश अनुसार ६ जनाको विज्ञ समिति बनाइएको छ । समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोक साहित्य लेखक चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँदिल्लीका शंकरदेव प्रसाद ढकाल, एनबीबी डिग्री कलेजका एसिस्टेन्ट प्रोफेसर टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड बिजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली भाषा डिपार्टमेन्ट प्रमुख प्रोफेसर डाक्टर कविता लामा छन् ।

यो कमिटीलाई हरेक शिक्षण संस्थामा उच्च अदालतको यो आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ । साथै यदि कुनै संस्था वा लेखकले यी अक्षरहरुलाई बेवास्ता गरेको पाइएमा तिनका किताब शिक्षण संस्थामा नस्वीकार्न भनिएको छ ।

उच्च अदालतले लेखनमा सानो त्रुटिले पनि नेपाली भाषा शुद्धतामा असर गर्ने भएकाले नयाँ पिँढीका लागि यो आदेशको सही कार्यान्वयन जरुरी रहेको जनाएको छ ।

कतिपयले यो आदेश सिक्किममा मात्र सीमित नभएर सबै नेपाली भाषीको जितको रुपमा लिएका छन् भने कतिपयले आधुनिक नेपाली भाषा पढाइको अधिकारबाट बन्चित गरिएको भन्दै विरोध पनि गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending