Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कानुन तोड्नेहरुको जताततै रजगज, सुशासन कायम गर्न बनेको सरकार रमिते !

अनुसा थापा
अनुसा थापा

तिहारका कारण सरकारी कार्यालय बन्द छन् । लक्ष्मीपूजादेखि आउँदो शनिबारसम्म सरकारले बिदा दिएको छ । सरकारी कार्यालय बन्द भएतापनि सरकारी गाडी भने बाटोमा छ्याप्छ्याप्ती देखिन्छ । सरकारी गाडीहरु बिदाको दिन पनि निर्वाध रुपमा गुडिरहेको छ । मिठाई पसल, माछामासु पसल, सुपरमार्केट बाहिर सरकारी गाडी देखिन्छ । 

जबकि, बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन । चलाएमा कारबाही हुने व्यवस्था छ । यद्यपि, देशमा सुशासन कायम गर्न र बेतिथिहरु रोक्नका लागि गठन भएको सुशीला कार्की सरकार सरकारी गाडीको दुरुपयोग भइरहँदा टुलुटुलु रमिता हेरेर बसेको छ । ट्राफिक प्रहरी सवारी व्यवस्थापन गर्न र सडक नियम उल्लंघन गर्नेमाथि निगरानी राख्न सडकमा उभिएका छन् । 

तर, उनीहरुले सरकारी गाडी दुरुपयोग भइरहेको देख्दैनन् । सरकारी कामकाजका लागि प्रयोग हुनुपर्ने गाडीमा खसी, बोकालगायत टन्नटन्न सामान ओसारपसार भइरहँदा ट्राफिकले किन कारबाही गर्दैन ? गृहमन्त्री ओमप्रकाश अर्याल ठूल्ठूला कुरा गर्छन् । कानुन तोड्नेलाई छोडिदैनलगायतका यावत् भाषण उनले दिइरहेका हुन्छन् । 

उनी पनि बोल्ने मात्रै, गर्नेमा पर्दैनन् भन्ने कुरा जनताले देखिसकेका छन् । सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन त दिन नसक्नेले अरु के गर्छन् ? सरकारी गाडी जनताले तिरेको करबाट खरिद गरिएको हो । 

त्यसमा लाग्ने पेट्रोल पनि जनताले तिरेकै करबाट हालिन्छ । चालकलाई तलब पनि त्यसैबाट दिइन्छ । जनताले आधा पेट खाएर तिरेको करको सरकारी कर्मचारीलाई कुनै मूल्य नै छैन । 

बेतिथि बिगबिगी, नियामक निकाय रमिते 

तिहार लागेसँगै जताततै लंगुरगुच्छा खेलाउन थालिएको छ । सर्वसाधारणले लाखौं रुपैयाँ लंगुरगुच्छामा हारिरहेका छन् । भक्तपुरको तीनकुनेस्थित सल्लाघारी चौरभित्र र सिर्जनानगरस्थित पिपलबोटमा लंगुरगुच्छा खेलाइन्छ । सल्लाघारी चौरबाट दुई मीनेटको दुरीमा प्रहरीको बिट छ । 

तर, त्यहाँ लंगुरगुच्छा खेलाइरहेको प्रहरी देख्दैन । केही दिनअघि त्यहाँ एउटै व्यक्तिले लंगुरगुच्छा खेल्दा लाखौं रुपैयाँ हारे । त्यही झोकमा उनले कुनै अपराधिक क्रियाकलाप गरिदिएको भए के हुन्थ्यो ? सरकारले लंगुरगुच्छा, जुवातास खेलाउनेहरुलाई कारबाही गर्नुपर्ने हो । विडम्बना, गर्न सकेको छैन । 

भुरादेखि बुढासम्म लंगुरगुच्छा खेलिरहेको देखिन्छ । घरबाट सामान किन्न पठाएको पैसा भुराहरुले लंगुरगुच्छामा हालिरहेका छन् । बिहान उज्यालो भएदेखि रातिसम्म लंगुरगुच्छा खेलाइन्छ । दशैंमा पनि लंगुरगुच्छा खेलाइन्थ्यो भने तिहारमा पनि खेलाउने क्रम जारी छ । लंगुरगुच्छा खेलाउने त कमाइरहेको होलान्, तर गुमाउने धेरै छन् । 

चाडपर्वको मौका छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेका छन् । सामानहरु मनलाग्दी मूल्यमा बिक्री गरिएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्न सरकार चुकेको छ । हरेक व्यापारीले उपभोक्ता ठगिरहेका छन् । यद्यपि, न सरकार बजार अनुगमन गर्छ न कारबाही नै । 
अपराध गर्नेहरुमाथि कारबाही गर्न सरकारसँग प्रहरी छ । बजार अनुगमन गर्न कर्मचारी छन् । जनताले तिरेको करबाट तलब खुवाईखुवाई उनीहरुलाई पालिरहनुपर्दा उनीहरु भने जनतालाई नै मर्कामा पार्ने काम गरिरहेका छन् । हरेक वर्ष चाडपर्वमा कालोबजारी र ठगी बढ्छ । 

कानुनको उल्लंघन पनि ह्वात्तै बढ्छ । यस वर्षपनि त्यही दोहोरियो । नयाँ सरकार पनि कालोबजारी गर्ने र ठगहरुको अगाडि निरीह बन्यो । देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न बनेको सरकारको पारा पनि पुरानो भन्दा खासै फरक छैन । ६ महिनाको समय पाएको यो सरकारको एक महिना बितिसकेको छ । 

एक महिनामा सिन्को पनि भाँच्न नसकेको सरकारले केही गर्ला भन्नेचाँहि अपेक्षा नगर्दापनि हुन्छ । कार्की नेतृत्वको सरकारसँग जनताको धेरै आश थियो । दुर्भाग्यबस्, अहिले पनि आशै बन्ने भएको छ । देशमा केही होला भनेर जनता कर तिरेको तिर्यै छन् । तर, यहाँ केही परिवर्तन हुँदैन ।

भनिन्छ नि,‘जुन जोगी आएपनि कानै चिरेको ।’ त्यस्तै अवस्था छ । प्रहरी प्रशासन, ब्यूरोक्रेसी काम नै गर्दैनन् । उनीहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न रद्दीभर पनि गम्भीर छैनन् । जसका कारण देशमा कुशासन बढ्दै गएको छ । ठगहरुको मनोबल झनै बलियो बन्दै गएको छ । 

सरकारले प्रहरी प्रशासन र निजामती कर्मचारीलाई आफ्नो जिम्मेवारी याद दिलाउने ढिलाइ भइसकेको छ । जसले काम गर्न सक्दैन, नतिजा दिन सक्दैन, उनीहरुलाई तलब किन खुवाउने ? जनताले तिरेको कर सस्तो छैन । त्यसको दुरुपयोग गर्न पाइँदैन । जसले काम गर्न सक्दैन, उसलाई हटाऔं । 

काम गर्न सक्नेलाई भर्ति गरौं । अनि मात्र कर्मचारीहरुको चेत खुल्छ । जनता खाईनखाई कर तिर्ने अनि कर्मचारी, प्रहरीचाँहि बसिबसि खाने ? कर्मचारीको काम जनतालाई छिटोछरितो सेवा दिने, बजार अनुगमन गर्नेलगायत हो । त्यसैगरी, प्रहरीको मुख्य दायित्व कानुनको कार्यान्वयन गर्ने हो । तर, दुवै निकाय आफ्नो दायित्व निर्वाह गर्न चुकेका छन् । 

यातायात व्यवसायीको ठगी 

चाडपर्वमा धेरै सर्वसाधारण घर जान्छन् । सरकारले दशैंमा पनि प्रभावकारी रुपमा अनुगमन गरेन । देखाउनका लागि मात्रै कहीँकतै अनुगमन गरेकोजस्तो गरियो । थोत्रा, पुराना गाडीहरु समेत चलाइयो । यात्रुहरुसँग बढीबढी भाडा असुलियो । तिहारमा पनि उहीँ अवस्था छ । 

ढोकैसम्म यात्रु झुण्ड्याएर यात्रा गराइरहँदा ट्राफिक प्रहरी के हेरेर बसिरहेको छ ? किन सवारी साधन अनुगमन नगरेको ? हुन त यात्रुले तोकेको भन्दा बढी भाडा तिर्नुपरेको यसपटक मात्र होइन । विगतमा पनि दोब्बर भाडा तिरेर यात्रु चाडपर्वमा घर गइरहेका थिए । नयाँ सरकार बनेकाले यसपटक केही परिवर्तन होला । 

तोकेकै भाडादरमा सिटमा बसेर घर जान पाइएला भन्ने जनताको अपेक्षा थियो । जुन पानीपानी भइसकेको छ । यातायात व्यवसायी न कहिले सुध्रिन्छन् न सरकारले उनीहरुलाई ठीक ठाउँमा ल्याउन सक्छ । देश र जनताको हितमा काम गर्छु भनेर सरकार गठन भएको हुन्छ । 

सरकारको प्रमुख काम कानुन कार्यान्वयन गरेर सुशासन कायम गर्ने हो । यदि आवश्यक कानुन रहेनछ भने अध्यादेशमार्फत ल्याउन सकिन्छ । अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति छन् । तर, गृह मन्त्रालय त्योपनि गर्दैन । सरकार यसरी नै आफ्नो दायित्व बिसिँदै जाने हो भने देशमा कानुन उल्लंघनकर्ताहरु हावी हुँदै जान्छन् । 

जे गरेपनि सरकारले केही गर्न सक्दैन भन्ने मानसिकता उनीहरुमा विकास हुन्छ । सरकारले एउटालाई कारबाही गरेपछि अर्को डराउँछ । जुन कुरा सरकारले बुझ्न आवश्यक छ । कानुन तोड्नेलाई नछोडौं । नत्र जनताहरुका विश्वास सरकारबाट उठ्छ । देशमा सुरक्षा छैन भन्ने जनताको मनमा पर्छ । 

भदौ २३ र २४ गतेको प्रदर्शनपछि जनता भयवित छन् । सार्वजनिकपछि निजी सम्पत्तिमा भएको क्षतिले देशमा सुरक्षा छैन भन्ने जनतामा परेको छ । यसप्रति सरकार सचेत रहोस् । सरकारले कानुन उल्लंघन गर्नेहरुलाई छोड्दै जाने हो भने जनता यहाँ बस्न सक्दैनन् । विदेश जानेहरु बढ्छन्, देश खाली हुन्छ ।

विदेशीको हस्तक्षेप देशमा बढ्छ । सरकार सबैलाई आफ्नो दायित्व सम्झाएर देश बनाउनतिर लाग्न जरुरी छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending