Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

कानुन तोड्नेहरुको जताततै रजगज, सुशासन कायम गर्न बनेको सरकार रमिते !

अनुसा थापा
अनुसा थापा

तिहारका कारण सरकारी कार्यालय बन्द छन् । लक्ष्मीपूजादेखि आउँदो शनिबारसम्म सरकारले बिदा दिएको छ । सरकारी कार्यालय बन्द भएतापनि सरकारी गाडी भने बाटोमा छ्याप्छ्याप्ती देखिन्छ । सरकारी गाडीहरु बिदाको दिन पनि निर्वाध रुपमा गुडिरहेको छ । मिठाई पसल, माछामासु पसल, सुपरमार्केट बाहिर सरकारी गाडी देखिन्छ । 

जबकि, बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन । चलाएमा कारबाही हुने व्यवस्था छ । यद्यपि, देशमा सुशासन कायम गर्न र बेतिथिहरु रोक्नका लागि गठन भएको सुशीला कार्की सरकार सरकारी गाडीको दुरुपयोग भइरहँदा टुलुटुलु रमिता हेरेर बसेको छ । ट्राफिक प्रहरी सवारी व्यवस्थापन गर्न र सडक नियम उल्लंघन गर्नेमाथि निगरानी राख्न सडकमा उभिएका छन् । 

तर, उनीहरुले सरकारी गाडी दुरुपयोग भइरहेको देख्दैनन् । सरकारी कामकाजका लागि प्रयोग हुनुपर्ने गाडीमा खसी, बोकालगायत टन्नटन्न सामान ओसारपसार भइरहँदा ट्राफिकले किन कारबाही गर्दैन ? गृहमन्त्री ओमप्रकाश अर्याल ठूल्ठूला कुरा गर्छन् । कानुन तोड्नेलाई छोडिदैनलगायतका यावत् भाषण उनले दिइरहेका हुन्छन् । 

उनी पनि बोल्ने मात्रै, गर्नेमा पर्दैनन् भन्ने कुरा जनताले देखिसकेका छन् । सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन त दिन नसक्नेले अरु के गर्छन् ? सरकारी गाडी जनताले तिरेको करबाट खरिद गरिएको हो । 

त्यसमा लाग्ने पेट्रोल पनि जनताले तिरेकै करबाट हालिन्छ । चालकलाई तलब पनि त्यसैबाट दिइन्छ । जनताले आधा पेट खाएर तिरेको करको सरकारी कर्मचारीलाई कुनै मूल्य नै छैन । 

बेतिथि बिगबिगी, नियामक निकाय रमिते 

तिहार लागेसँगै जताततै लंगुरगुच्छा खेलाउन थालिएको छ । सर्वसाधारणले लाखौं रुपैयाँ लंगुरगुच्छामा हारिरहेका छन् । भक्तपुरको तीनकुनेस्थित सल्लाघारी चौरभित्र र सिर्जनानगरस्थित पिपलबोटमा लंगुरगुच्छा खेलाइन्छ । सल्लाघारी चौरबाट दुई मीनेटको दुरीमा प्रहरीको बिट छ । 

तर, त्यहाँ लंगुरगुच्छा खेलाइरहेको प्रहरी देख्दैन । केही दिनअघि त्यहाँ एउटै व्यक्तिले लंगुरगुच्छा खेल्दा लाखौं रुपैयाँ हारे । त्यही झोकमा उनले कुनै अपराधिक क्रियाकलाप गरिदिएको भए के हुन्थ्यो ? सरकारले लंगुरगुच्छा, जुवातास खेलाउनेहरुलाई कारबाही गर्नुपर्ने हो । विडम्बना, गर्न सकेको छैन । 

भुरादेखि बुढासम्म लंगुरगुच्छा खेलिरहेको देखिन्छ । घरबाट सामान किन्न पठाएको पैसा भुराहरुले लंगुरगुच्छामा हालिरहेका छन् । बिहान उज्यालो भएदेखि रातिसम्म लंगुरगुच्छा खेलाइन्छ । दशैंमा पनि लंगुरगुच्छा खेलाइन्थ्यो भने तिहारमा पनि खेलाउने क्रम जारी छ । लंगुरगुच्छा खेलाउने त कमाइरहेको होलान्, तर गुमाउने धेरै छन् । 

चाडपर्वको मौका छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेका छन् । सामानहरु मनलाग्दी मूल्यमा बिक्री गरिएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्न सरकार चुकेको छ । हरेक व्यापारीले उपभोक्ता ठगिरहेका छन् । यद्यपि, न सरकार बजार अनुगमन गर्छ न कारबाही नै । 
अपराध गर्नेहरुमाथि कारबाही गर्न सरकारसँग प्रहरी छ । बजार अनुगमन गर्न कर्मचारी छन् । जनताले तिरेको करबाट तलब खुवाईखुवाई उनीहरुलाई पालिरहनुपर्दा उनीहरु भने जनतालाई नै मर्कामा पार्ने काम गरिरहेका छन् । हरेक वर्ष चाडपर्वमा कालोबजारी र ठगी बढ्छ । 

कानुनको उल्लंघन पनि ह्वात्तै बढ्छ । यस वर्षपनि त्यही दोहोरियो । नयाँ सरकार पनि कालोबजारी गर्ने र ठगहरुको अगाडि निरीह बन्यो । देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न बनेको सरकारको पारा पनि पुरानो भन्दा खासै फरक छैन । ६ महिनाको समय पाएको यो सरकारको एक महिना बितिसकेको छ । 

एक महिनामा सिन्को पनि भाँच्न नसकेको सरकारले केही गर्ला भन्नेचाँहि अपेक्षा नगर्दापनि हुन्छ । कार्की नेतृत्वको सरकारसँग जनताको धेरै आश थियो । दुर्भाग्यबस्, अहिले पनि आशै बन्ने भएको छ । देशमा केही होला भनेर जनता कर तिरेको तिर्यै छन् । तर, यहाँ केही परिवर्तन हुँदैन ।

भनिन्छ नि,‘जुन जोगी आएपनि कानै चिरेको ।’ त्यस्तै अवस्था छ । प्रहरी प्रशासन, ब्यूरोक्रेसी काम नै गर्दैनन् । उनीहरु आफ्नो जिम्मेवारी निर्वाह गर्न रद्दीभर पनि गम्भीर छैनन् । जसका कारण देशमा कुशासन बढ्दै गएको छ । ठगहरुको मनोबल झनै बलियो बन्दै गएको छ । 

सरकारले प्रहरी प्रशासन र निजामती कर्मचारीलाई आफ्नो जिम्मेवारी याद दिलाउने ढिलाइ भइसकेको छ । जसले काम गर्न सक्दैन, नतिजा दिन सक्दैन, उनीहरुलाई तलब किन खुवाउने ? जनताले तिरेको कर सस्तो छैन । त्यसको दुरुपयोग गर्न पाइँदैन । जसले काम गर्न सक्दैन, उसलाई हटाऔं । 

काम गर्न सक्नेलाई भर्ति गरौं । अनि मात्र कर्मचारीहरुको चेत खुल्छ । जनता खाईनखाई कर तिर्ने अनि कर्मचारी, प्रहरीचाँहि बसिबसि खाने ? कर्मचारीको काम जनतालाई छिटोछरितो सेवा दिने, बजार अनुगमन गर्नेलगायत हो । त्यसैगरी, प्रहरीको मुख्य दायित्व कानुनको कार्यान्वयन गर्ने हो । तर, दुवै निकाय आफ्नो दायित्व निर्वाह गर्न चुकेका छन् । 

यातायात व्यवसायीको ठगी 

चाडपर्वमा धेरै सर्वसाधारण घर जान्छन् । सरकारले दशैंमा पनि प्रभावकारी रुपमा अनुगमन गरेन । देखाउनका लागि मात्रै कहीँकतै अनुगमन गरेकोजस्तो गरियो । थोत्रा, पुराना गाडीहरु समेत चलाइयो । यात्रुहरुसँग बढीबढी भाडा असुलियो । तिहारमा पनि उहीँ अवस्था छ । 

ढोकैसम्म यात्रु झुण्ड्याएर यात्रा गराइरहँदा ट्राफिक प्रहरी के हेरेर बसिरहेको छ ? किन सवारी साधन अनुगमन नगरेको ? हुन त यात्रुले तोकेको भन्दा बढी भाडा तिर्नुपरेको यसपटक मात्र होइन । विगतमा पनि दोब्बर भाडा तिरेर यात्रु चाडपर्वमा घर गइरहेका थिए । नयाँ सरकार बनेकाले यसपटक केही परिवर्तन होला । 

तोकेकै भाडादरमा सिटमा बसेर घर जान पाइएला भन्ने जनताको अपेक्षा थियो । जुन पानीपानी भइसकेको छ । यातायात व्यवसायी न कहिले सुध्रिन्छन् न सरकारले उनीहरुलाई ठीक ठाउँमा ल्याउन सक्छ । देश र जनताको हितमा काम गर्छु भनेर सरकार गठन भएको हुन्छ । 

सरकारको प्रमुख काम कानुन कार्यान्वयन गरेर सुशासन कायम गर्ने हो । यदि आवश्यक कानुन रहेनछ भने अध्यादेशमार्फत ल्याउन सकिन्छ । अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति छन् । तर, गृह मन्त्रालय त्योपनि गर्दैन । सरकार यसरी नै आफ्नो दायित्व बिसिँदै जाने हो भने देशमा कानुन उल्लंघनकर्ताहरु हावी हुँदै जान्छन् । 

जे गरेपनि सरकारले केही गर्न सक्दैन भन्ने मानसिकता उनीहरुमा विकास हुन्छ । सरकारले एउटालाई कारबाही गरेपछि अर्को डराउँछ । जुन कुरा सरकारले बुझ्न आवश्यक छ । कानुन तोड्नेलाई नछोडौं । नत्र जनताहरुका विश्वास सरकारबाट उठ्छ । देशमा सुरक्षा छैन भन्ने जनताको मनमा पर्छ । 

भदौ २३ र २४ गतेको प्रदर्शनपछि जनता भयवित छन् । सार्वजनिकपछि निजी सम्पत्तिमा भएको क्षतिले देशमा सुरक्षा छैन भन्ने जनतामा परेको छ । यसप्रति सरकार सचेत रहोस् । सरकारले कानुन उल्लंघन गर्नेहरुलाई छोड्दै जाने हो भने जनता यहाँ बस्न सक्दैनन् । विदेश जानेहरु बढ्छन्, देश खाली हुन्छ ।

विदेशीको हस्तक्षेप देशमा बढ्छ । सरकार सबैलाई आफ्नो दायित्व सम्झाएर देश बनाउनतिर लाग्न जरुरी छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...

पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

पहिरोले थुनियो अरनिको राजमार्ग, अन्य सडकमा पनि जोखिम बढ्दो

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...

आफ्नै नीतिमा आफैं अल्झिए सांसद खनाल, पुर्जा नभएकै जग्गामा नक्सापासबिनै घर

कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending