काठमाडौं । सामाजिक सञ्जाल TikTok मार्फत अफवाह र नकरात्मक सन्देश फैलाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामढीका १९ वर्षीय अफ्ताव अन्सारीलाई पक्राउ गरिएको हो।
घटना गत असोज ३० गते भएको हो। ट्राफिक प्रहरीले बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकल लापरवाहीपूर्वक चलाइरहेको अवस्थामा चालक सजन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले उक्त मोटरसाइकलको ह्यान्डल परिवर्तन गरेर भिडियो बनाउने कार्य गरेको र त्यसलाई TikTok ID: SS_VLOGS (@ssvlognp10) मार्फत पोष्ट गरेको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार ती भिडियोहरूले सामाजिक सञ्जालमा गलत सन्देश र नकरात्मक प्रभाव पार्ने खालका गतिविधि समावेश गरेका थिए।
यस प्रकरणमा सजन श्रेष्ठसँगै काठमाडौंको सिनामंगल बस्ने अन्सारी पनि संलग्न रहेको प्रमाण फेला परेपछि असोज ३ गते दिउँसो साढे ३ बजे दुबैलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिइएको हो। श्रेष्ठलाई तिर्थचोक (कागेश्वरी मनोहरा–२) बाट र अन्सारीलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट Samsung Galaxy A14 5G मोबाइल र GoPro Hero 09 Black क्यामेरा बरामद गरेको छ। ती सामग्रीहरू प्रयोग गरी भिडियो बनाइएको र त्यसैलाई TikTok मा अपलोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुबै जना विरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: