Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

छठपछि खुल्ने शेयर बजार के होला ?

रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक
रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक

नेपालीहरुको दोश्रो महान पर्व तिहार र नेपाल संवत सकिसकेको छ । अहिले छठ पर्व नेपालीहरुले मनाइरहेका छन् खासगरी तराइ क्षेत्रमा । केही दिनमा छठ पर्वको विदा समेत सकिनेछ र सबै आफ्नो आफनो काममा फर्किनेछन् । यो लामो विदामा शेयर बजार बन्द छ । तिहार अघि बजार बन्द हुँदा १६ अंकले बजार बढेर बन्द भएको थियो । 

खासगरी दशैं र तिहारबीच केही दिन बजार खुलेपनि सबै मान्छेहरुलाई चाडपर्वको रौनक थियो । बजार प्रति चासो नभएपछि त्यसबीच उल्लेख्य कारोबार भएन । बजार पनि जुन रुपमा बड्नुपर्ने आँकलन थिए, बढे्न किनकी लगानीकर्ताहरु चाडपर्वमा शेयर किन्ने भन्दा घुमघाम गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्नका लागि खर्च गर्न मुडमा थिए । अब भने चार्डपर्व सकिँदै गर्दा बजारले कस्तो लय समात्ला भन्ने धेरैको चासो देखिन्छ । 

किनकी नयाँ आर्थिक बर्ष सुरु भएपछि कम्पनीहरुले अहिले धमाधम आफनो नाफाबाट लगानीकर्ताका लागि लाभाशं घोषणा गरिरहेका छन् । अघिल्ला बर्षहरुमा कोरोना महामारी र मन्दीका कारण लाभाशं दिन नसकेका कम्पनहिरुले यस बर्ष धेरै–थोरै जे सकिन्छ लाभाशं घोषणा गर्न थालेका छन् । हालसम्म विभिन्न बैंकहरु सहित ११० भन्दा बढी कम्पनीले लाभाशं घोषणा गरिसकेका छन् । 

त्यसमध्ये २५ ओटा कम्पनी नेप्सेमा सुचिकृत समेत छन् । नेप्सेमा सुचिकृत कम्पनीहरुले गर्ने लाभाशं घोषणाले शेयरको दोश्रो बजार कारोबारमा प्रभाव पार्ने नै हुन्छ । त्यस आलवा हालैको जेनजी आन्दोलन पछि बनेको सरकारले शेयर लगानीकर्ताको धेरै मागहरु पुरा गरिसकेको छ । अर्थमन्त्री रामेश्वर खानाल नै शेयर बजार प्रति संवेदनशील देखिए । फलस्वरुप अहिले शेयर बजारका नीतिगत बाधा, अड्चन हटेका छन् ।

शेयर बजारका बाधा अड्चन फुकाउन नयाँ गर्भनर डा.विश्वनाथ पौैडेलले शपथ खाएदेखि नै अग्रसरता लिएका हुन् । यद्यपी यसअघिका गर्भनर महाप्रसाद अधिकारीले आफनो आखिरी बर्षको मौद्रिक नीतिहरुमा केही खुकुलो बनाउन सुरु गरेरै विदा भएका हुन् । तर, उनै अधिकारी गर्भनर हुँदाको शेयर बजारमा विभिन्न नीतिगत अंकुश लगाइए । त्यसको भित्रि कारण वा रहस्य के थियो उनै जानुन् । तर त्यसरी अर्थतन्त्रको वाह्य प्रभाव न्युनिकरण गर्न शेयर बजारमाथी अधिक नियन्त्रण गर्नुपर्ने कारण सायद थिएन् । 

तर नयाँ गर्भनर पौडेलले भने शेयर बजारलाई विना रोकतोक, विना अल्झ–उल्झन अघि बढ्न बाटो खोलिदिएका छन् । त्यसमा अर्थमन्त्री खनालको पनि भुमिका रह्यो । फलस्वरुप उनीहरु शेयर लगानीकर्ताहरुको धन्यवादको पात्र भएका छन् । 

 नीतिगत बन्देजहरु फुकुवा भएसँगै शेयर लागानीकर्ताहरुको सरकारसँगको गुनासा मथ्थर भएका छन् । उनीहरुले राखेका डेढ दर्जन बढी मागहरुमध्ये धेरै त पुरा भएका छन् । मुलत शेयर बजारलाई अन्र्तराष्ट्रिय स्तरको बनाउने, बजारको दायरा विस्तार गर्ने र नेप्सेकोे पुर्नरसंरचना गर्ने लगायत कुराहरुलाई सम्बोेधन गरेर अघि बढ्ने कुराहरु छन् । पुँजी बजारको क्षेत्रलाई विकसित र भब्य बनाउँदै लैजाने कुरा भविष्यका हुन् । जसमा आम लगानीकर्ताहरुको पनि, नयाँ आउने सरकारको पनि र ब्यवसायिक जगतको पनि उत्तिकै भुमिका हुनसक्छन् ।

जेन–जी आन्दोलनपछि बनेको नयाँ नागरिक सरकारले पुँजीबजार सुधार सुझाव कार्यदल बनाएको थियो । अर्थक्षेत्रका वीज्ञ अर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले दिएको सुझावहरु अनुसार नै राष्ट्र बैंकले बैंकहरुलाई अहिले नयाँ निर्देशन जारी हो । बैंकहरुले ब्यक्तिलाई दिने शेयर धितो कर्जाको २५ करोडको सिमा हटाइएको छ । कार्यदलले गरेको सुझाव अनुसार राष्ट्र बैंकले त्यस सिमा हटाएको हो । 

त्यसैगरी बैंकहरुलाई सेयर विक्रिमा पनि राष्ट्र बैंकले सहजीकरण गरेको छ । बैंकहरुले सेयर खरिद गरेको एक बर्ष पुगेका लगानीमध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानीमा विक्रि गर्नसक्ने ब्यवस्था समेत हटाएको छ । जुन पुँजी बजार सुधार सुझाव कार्यदलकै सुझाव अनुसार हटाइएको हो । 

अब ६ महिनाभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने छन् । यसरी अहिले राष्ट्र बैंकले अघिल्लो गर्भनरको पालाका तमाम खालका नीतिगत बन्देज र कडाइ हटाइ सकेको छ । शेयर बजारलाई बाटो खुल्ला गरिएको छ । 

खुल्ला नीति बजारको अग्रगामी बाटो

नेपालले बि.स २०४८÷०४९ सालबाटै खुल्ला बजार अर्थनीति (उदारीकरण ) लाई अगिंकार गरेपनि धेरै कुराहरु अहिले पनि त्यस्तो छैनन् । खुल्ला प्रतिस्पर्धा, प्रभावकारी व्यवसायिक वातावरण, शान्ति सुरक्षा र सवल आर्थिक नीतिहरु कुनैपनि देशको विकासको खातिर महत्वपुर्ण सर्त हुन् । 

हाम्रै छिमेकी चीनले माओत्सेतुङको नेतृत्वमा साँस्कृतिक क्रान्ति गरेपनि उनको नेतृत्वमा आर्थिक विकास भने हुन सकेन । सन् १९७८ पछि चीनमा देङस्याओ पिङले क्रमश खुल्ला बजार अर्थनीति लिएपछि चीनमा आर्थिक विकासको प्रारम्भ भएको हो । सन् २००० मा आइसकेपछि चीनले विश्व व्यापार संगठनको सदस्यता लियो र बजारलाई थप खुल्ला र लचिलो बनायो । फलस्वरुप आजको चीन विश्वमै दोश्रो ठुलो अर्थतन्त्र भइसकेको छ । 

आज कुनैवेलाको घनघोर कम्युनिष्ट देश चीन पश्चिमा उदार प्रजातन्त्र भएका, नवउदारवादी देशहरुको समेत लगानीको सबैभन्दा रोजाइको देश बनिरहेको छ । चीनले विगत ४ दशकमा सारा जनसंख्यालाई गरिवीबाट मुक्त गरेको छ । देशलाई अमेरिका पछिको सबैभन्दा धनी अर्थात १९ टिलियन डलरको जिडीपी बनाएको छ । सन् २०२५ मा आइपुग्दा चीनको शेयर बजारमा मार्केट क्यापिटलाइजेशन ११ ट्रिलियन डलर भन्दा बढी छ ।  

यो सब खुल्ला बजार अर्थतन्त्र र बन्देज रहीत प्रतिस्पर्धी नीतिको परिणाम हो । चिनियाँहरुले आफुले अंगिकार गरेको आर्थिक नीतिलाई चिनियाँ मोडलको समाजवाद भनेपनि उनीहरुले देश विकास गर्ने हतियार पुँजीवाद अर्थात खुल्ला बजार नै बनाएका छन् । फलस्वरुप विश्व बजारमा आफनो उत्पादन बेच्न, व्यवसाय र लगानी बढाउन पुँजीवादका सबै उपकरणहरुसँग उनी जोडिएका छन् । फलत अहिले पुरा विश्वमा चिनको मालवस्तुको हिस्सा १३ प्रतिशत भन्दा ज्यादा एक्लैको छ भनिन्छ ।  

तर नेपालमा चीनकै कुनै बेलाका सर्वोच्च नेता मोओको विचारधारा अंगालेर जनयुद्ध समेत भयो । त्यसपछि माओकै विचाराधारालाई अंगालेको नेकपा माओवादीले पनि ०६५ सालमा छोटो अवधि बहुमतसिद्ध सरकार चलाएको हो । त्यसयता पनि माओवादीले बारम्बार गठबन्धन सरकारमा रहेको छ । तर, उसले पनि चीन र त्यस देशले अंगालेको आर्थिक नीति र कुटनीतिबाट शिक्षा लिने प्रयास गरेन । 

देशका काँग्रेस, एमाले र माओवादी जस्ता ठुला पार्टी आपसी रुपमा जुध्दा, एकले अर्कालाई एक्ल्याउने, सिध्याउने तथा खुद्रा मसिना कुराहरुमा मात्र अल्झने गर्दाको परिणाम देशले दु्रत विकासको गती नै समाउन सकेको छैन । नेताहरुको पुरानै शैली, ब्याप्त भष्ट्राचार, झै–झगडा आदीले गर्दा देशमा केही गर्ने वातावरण बनेन् । न वैदेशिक लगानी भित्रियो, न त स्वदेशी लगानीकर्ताहरुको मनोबल उठ्यो । त्यो नभएपनि उद्योग, कलकारखाना भएनन् । बरु भएका पनि मासिए । फलस्वरुप भएभरका युवाहरु विदेशीए । 

स्वदेशमा भएकाहरु पनि भष्ट्र राजनीतिबाट आजित भएपछि अहिले आन्दोलन र विद्रोह गर्ने मोडमा पुगे । देश बनेन । देशमा शुन्यता छायो । यस्तैमा अहिले जेन–जी आन्दोलनले पुराना भ्रष्ट्र नेता तथा दलहरुलाई पाखा लगाएपछि अन्तरिम सरकार बनेको छ । नयाँ अर्थमन्त्रीले पुँजीबजार सुधार कार्यदल बनाएर सुझाब प्रतिबेदन मागेका थिए । कार्यदलले शेयर बजारको बाधा बन्देज फुकाउनु पर्ने खालको प्रतिबेदन बुझायो । फलस्वरुप बजारले खुल्ला हुने अवसर पाएको छ । बाधा, बन्देज हटेका छन् । भोलीका दिनहरुमा अझै बढी सुधार हुने बाटो खुलेको छ । 

वास्तम्बमा शेयर बजार अर्थतन्त्रको ऐना नै हो । हरेक देशमा त्यहाँको आर्थिक अवस्था, लगानीको अवस्था, व्यवसायिक अवस्थाको मुल्यांकन गर्ने पहिलो आधार शेयर बजारको दृश्य हो । शेयर बजार उकालो लागेको वा कारोबारको स्तर बढीरहेको बजारले लगानीकर्ताहरुलाई जहिल्यै स्वागत गरिरहेको हुन्छ । त्यसैगरी शेयर बजारमा जाने पहिरोले निराशा र लगानी निरुत्साहित बाहेक केही गर्दैन । 

त्यसकारण नेपालको शेयर बजारलाई आशाप्रद बनाउन सरकारले मिहिनत गर्नुपर्ने छ । किनकी हाम्रो शेयर बजार हेरेर विदेशी लगानीहरु आउन सक्छन् । हाम्रो आर्थिक अवस्थाको मुल्याकन हुनसक्छ । जसकारण विदेशीले हामीलाई ऋण पत्याउन सक्छन् । स्वदेशमै पनि शेयर बजार राम्रो अवस्था हुँदा व्यवसायीक क्षेत्रमा उत्साह थपिन सक्छ । नयाँ उद्यमहरु सञ्चालन गर्न खोज्नेहरुको मनोबल बढ्न सक्छ । बजारमा कारोबार बढ्दा लगानीकर्ताहरुको आफनो अतिरिक्त आम्दानीको उत्साहमा खरिद क्षमता बढ्छ । जसकारण उपभोक्ता वस्तुहरुले बजार पाउँछन् । अर्थतन्त्र गतिशिल हुन्छ । त्यसकारण शेयर बजार उठाउन जरुरी छ । 

अन्त्यमा,

नीतिगत हिसावले अब शेयर बजारका समस्याहरु हटेका छन् । नेपालीहरुले अधिक खर्च गर्ने महत्वपुर्ण चाड बाडहरु दशैं, तिहार, नेपाल संवत र छठ सिद्धिदै छ । अब केही दिनपछि खुल्ने बजारले पक्कै पनि राष्ट बैंकको नयाँ नीति निर्देशन, लाभांश घोषणामा कम्पनीहरुले देखाएका शुभ संकेत, सडक आन्दोलनहरु मथ्थर हुँदै जानु र चुनावी वातावरणमा देश अघि बढ्नुले बजारले सकारात्मक लय समाप्ने निश्चित छ । 

फेरी राजनीतिक अस्थिरता छ, के बढ्ला र बजार ? भनेर सोच्नेहरु पनि होलान् । तर बुझनु पर्छ राजनीतिको चरित्र नै अस्थिर हुन्छ । त्यो विश्वव्यापी नै हो । जस्तो एसियाकै जापान, थाइल्याण लगायत देशमा छिटो छिटो सरकार परिवर्तन हुँदापनि त्यहाँको आर्थिक वृद्धि र विकासमा कुनै असर परेको देखिदैन । नेपालमा पनि अव त्यही नियम लागु हुन्छ । 

यहाँ पनि विस्तारै चुनाव होला । तोकिएकै समयमा नभए केही समय पछि होला । हिजो जे भयो राम्रोको लागि भयो । भष्ट्राचारको जरा उखेल्नका लागि भयो । प्रजातन्त्रमा पनि उदाएको निरंकुश शासक फाल्नका लागी आन्दोलन भए । त्यसकारण त्यो राम्रोको लागि भयो । अब अच्छा दिन आने वाला हे । 

हामीले त्यसरी सोच्नुपर्छ । अबको युग भनेको प्रविधि र पारदर्शिताको हो । यो युगमा कसैको सामन्तपन, दासत्व, भष्टाचार, वेइमानी नयाँ पुस्ताले स्वीकार गर्दैन । त्यसकारण आन्दोलन भयो । यसले खासगरी शेयर बजारलाई राम्रो गर्नेछ । 

किनकी पारदर्शिताको सुरुवात र भष्ट्रचार अन्त्य हुँदा ने नेपालको अर्थतन्त्र सही लयमा जानेछ । विदेशी लगानी भित्रनेछ । देशले नै सकारात्मक लय समात्नेछ । बजारले आगामी दिनहरुमा एउटा स्वरुप ग्रहण गर्नेछ । 
गौतम आर्थिक लेखक तगा विश्लेषक हुन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending