Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन

खबरडबली संवाददाता

नेपालगन्ज। पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा चार अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवमा राजस्व सङ्कलनमा सात करोड रुपियाँभन्दा बढि वृद्धि भएको बताए।

उनले जेनजी ओन्दोलनका कारण केही दिन नाका बन्द र राजस्व सङ्कलन प्रभावित नभएको भए अझै राजस्व सङ्कलन बढि देखिने थियो भने।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको सुरुका तीन महिनामध्ये साउनमा लक्ष्यको ७५ प्रतिशत, भदौमा ७० प्रतिशत र असोजमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधीको साउनमा ७३ प्रतिशत, भदौ र असोजमा ६६ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ३५ करोड १० लाख नौ हजार र असोजमा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा सबैभन्दा बढि योगदान आयाततर्फ चामल, मकै, चिनी  र फलामका विभिन्न बस्तुहरुको रहेको छ । यी वस्तुहरुको आयात चालु आवमा विगतभन्दा बढि र अत्यधिक मात्रामा भएको पाइएको छ । यसैगरी, निर्यातमा जडिबुटी र जडिबुटी जन्य विभिन्न वस्तुहरुको योगदान रहेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए।

गत केही वर्षदेखि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुननसक्नुमा अवैध आयात निर्यात, चोरी, तस्करी मुख्य कारण रहेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाइ छ ।

नेपालगन्ज नाकाबाट आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, चामल र मकै लगायतका खाद्यान्न, माछा, एमएस ब्लेट तथा विद्युतीय सामग्री प्रमुख रहेका छन् ।

सोही प्रकारले खोटो, रोजिन, जडीबुटी, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending