अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएको छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेको हो ।
एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिनुभयो, “ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।”
राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चार माध्यमले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीले उहाँ र उत्तर कोरियाली नेता किमबिच पुन: वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।
ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गर्नु भएको छ-सम्भवत: यही वर्षभित्र । उता, किम जोङ उनले हालै आफूलाई राष्ट्रपति ट्रम्पसँगका ‘सुखद सम्झना’ रहेको बताउँदै अमेरिकाले प्योङयाङलाई आफ्नो आणविक हतियार त्याग्न बाध्य पार्ने ‘भ्रमपूर्ण माग’ त्यागेमा वार्ताका लागि तयार रहेको उल्लेख गरेको थिए ।
दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ(युङले पनि राष्ट्रपति ट्रम्पको आगामी भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरे। तर एक वरिष्ठ अमेरिकी अधिकारीले भने नाम नखुलाउने सर्तमा सञ्चारकर्मीलाई जानकारी दिँदै सो भेट ‘यस भ्रमणको आधिकारिक तालिकामा नरहेको’ बताए।
हालसम्म दुवै नेताबिच भेटवार्ताको औपचारिक घोषणा गरिएको छैन । यद्यपि, दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घीय कमान्डले अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्मका लागि संयुक्त सुरक्षा क्षेत्र ९जेएसए० भ्रमण रोकिएको जानकारी दिएका छन् ।
किम र ट्रम्पबिच अन्तिम भेट सन् २०१९ मा दुई कोरियालाई छुट्याउने असैन्य क्षेत्र ९डिमिलिट्राइज्ड जोन० भित्र पर्ने पान्मुन्जोमको जेएसएमा भएको थियो । यही स्थानमा दुवै देशका सैनिक नियमित रूपमा आमनेसामने हुने गर्छन् । मन्त्री चुङका अनुसार यस वर्ष उत्तर कोरियाली जेएसए नजिकको क्षेत्र सफा गर्ने, फुल रोप्ने, फोटो खिच्ने जस्ता गतिविधिमा व्यस्त देखिएका छन् ।
राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक उच्चस्तरीय शिखर वार्ता भएको थियो । तीमध्ये एक भेट सन् २०१९ मा ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणापछि पान्मुन्जोममा भएको थियो । त्यहाँ दुवै नेताले सीमामा हात मिलाएको थिए । त्यस बेला ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेको थिए ।
तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कति त्याग्ने र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता अन्तत: असफल भएको थियो । त्यसयता प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ का रूपमा घोषणा गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १६:१८
काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...
बैशाख ११ गते, २०८३ - १६:००
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...
बैशाख ११ गते, २०८३ - १५:५७
काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...
बैशाख ११ गते, २०८३ - १५:३८
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...
बैशाख ११ गते, २०८३ - १५:२७
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...
बैशाख ११ गते, २०८३ - १४:५४
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...
बैशाख ११ गते, २०८३ - १४:३९
साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ
बैशाख ११ गते, २०८३ - १४:१७
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...
बैशाख ११ गते, २०८३ - १४:०१
काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...
बैशाख ११ गते, २०८३ - १३:१०
काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...


प्रतिकृया लेख्नुहोस्: