गाईघाट। सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।
त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि नि:शुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताए।
विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य र जल अर्पण गरी सुरु गरिने छठ पूजा हेर्न नदी किनारामा मुस्लिम समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहने गरेको छ । उदयपुरको गाईघाटमा छठपर्व कुनै एक जात जाती, भाषाभाषी, कुनै धर्म विशेषको मात्र नभई समग्र सामाजिक एकताको प्रतीकका रुपमा विकसित हुँदै गएको अध्यक्ष साह बताउछन् ।
छठ पूजाका लागि त्रियुगा नगरपालिकाले गाईघाट बजार नजिक भएर बहने त्रियुगा नदीकोे किनारमा घाट निर्माणका लागि आवश्यक सहयोग जुटाएको र यो घाट सम्भवत: कोशी प्रदेशकै उत्कृष्ट स्थलका रुपमा रहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताए।
विष्णु पुराणमा उल्लेख भए अनुसार उदयपुरको त्रियुगा नदी धार्मिक महत्त्वको दृष्टिमा आफैँमा एक उत्कृष्ट नदी मानिन्छ । पश्चिमबाट पूर्वतर्फ सङ्लो सफा र प्रसस्त पानी बगिरहेको त्रियुगा नदी किनारमा गएर व्रत बस्न चाहनेले आफ्नो घाट सुरक्षित गर्न पूजा आयोजक समितिलाई तोकिए अनुसारको रकम तिरेपछि मात्रै घाट उपलब्ध गराइएको समितिका सचिव ललित नायकले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: