काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा ले पार्टी परित्याग गरेकी छन्। हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी हुन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरूको उचित मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। उनका अनुसार पार्टीका निर्णयहरू आर्थिक चलखेलबाट प्रभावित हुने परिस्थिति बनेको छ, जसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आघात पुगेको महसुस गराएको छ।
विज्ञप्तिमा उनले भनेकी छन्, “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने अवस्था सिर्जना भएको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।”
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: