भैरहवा। लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको सामाजिक विकास समितिमा दफावार छलफलमा रहेको छ ।
लुम्बिनी प्रदेश सभा सामाजिक विकास समितिले आयोजना गरेको परामर्श कार्यक्रममा सहभागी दलित अधिकारकर्मीले अधिकार सम्पन्न र कार्यकारी शक्ति भएको संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । प्रस्तावित निर्देशन समितिलाई संशोधन गरी विकास समिति बनाउनुपर्ने, त्यसलाई स्पष्ट कार्यकारी अधिकार दिनुपर्ने माग राखिएको छ ।
मुक्ति समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले विधेयक प्रभावकारी बनाउन अधिकार सम्पन्न विकास समिति आवश्यक रहेको बताए । उनले सहजीकरण समिति आवश्यक नभएको उल्लेख गर्दै समितिको काम, कर्तव्य र अधिकार ऐनमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने सुझाव दिए । सुजित विकले दलित अधिकार कार्यान्वयनमा स्थानीय तहलाई अनावश्यक समन्वयकारी भूमिकामा नराख्न आग्रह गरे।
सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले प्राप्त सुझावका आधारमा विधेयकलाई परिमार्जन गरी पूर्णता दिने प्रतिबद्धता जनाए। उनले भने, “यो प्रारम्भिक प्रस्ताव हो, सबै कुरा समेटिएको छैन । सरोकारवालाको सुझावका आधारमा कार्यान्वयन योग्य बनाइन्छ ।”
प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले विधेयक ल्याउनु सकारात्मक कदम भएको बताउँदै सबैको अपनत्व हुने गरी अगाडि बढाइने बताए। नेपाली कांग्रेस प्रमुख सचेतक जमुना ढकाल र नेकपा प्रमुख सचेतक इन्द्रजित थारूले पनि विधेयकलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे।
विधेयकमा सामाजिक विकासमन्त्री अध्यक्ष रहने, प्रदेश सरकारले मनोनयन गर्ने एक जना दलित प्रतिनिधि उपाध्यक्ष हुने गरी आठ सदस्यीय निर्देशन समिति प्रस्ताव गरिएको छ तर उक्त संरचनामा मन्त्री, प्रहरी प्रमुख र विभिन्न मन्त्रालयका सचिव गरी बहुमत सरकारी अधिकारी रहने तथा दलित समुदायको प्रतिनिधित्व न्यून हुने भन्दै अधिकारकर्मीले असन्तुष्टि जनाएका छन् ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा दलित समुदायको जनसङ्ख्या १३.४ प्रतिशत (३९ लाख ४६९) छ । लुम्बिनी प्रदेशमा १४.४ प्रतिशत दलित समुदाय बसोबास रहेको छ । समितिले सरोकारवालासँग थप परामर्श गरी प्रतिवेदनसहित विधेयक पुन: प्रदेश सभामा पेस गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: