Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

खबरडबली संवाददाता

दार्चुला । यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेएको हो ।

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएको हो । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । 

“अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भने, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ  भित्र्याए।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ । 

उनका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरूले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था थियो । उनले भने, “अब महिलाहरूका लागि सहजरूपमा उपचार लिन सकिने भएको छ, स्त्रीरोग विशेषज्ञ आएको बारेमा जानकारी सबैतिर गर्नु जरुरी छ, भारतका विभिन्न ठाउँमा जाने बिरामीलाई अब जिल्ला अस्पतालमै सबै सेवा उपलब्ध रहेको जानकारी जरुरी छ ।”

जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । “म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौंँ”, उनले भने, “आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।”

आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।” यसअघि डा भट्टराई कर्णालीमा सेवा गरेर आएको हो । “मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो”, उनले भने, “तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।”

अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया  जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताए। 

“अब महिलाले कुनै पनि रोग लुकाएर बस्नुपर्ने छैन, सहजै जिल्ला अस्पतालमै उपचार पाउन सक्नेछन्”, उनले भने। डा शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दी लगायतका स्थानमा काम गरिसकेको छन् । “दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु मेरा लागि गर्वको कुरा हो”, शाहीले भने, “यहाँका महिलालाई सकेसम्म बढी स्वास्थ्य सेवा दिन चाहन्छु ।”

अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् ।

कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा (अर्थोपेडिक) विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् ।

अस्पतालमा भौतिक पूर्वाधारको अभाव भए पनि हालको संरचनालाई व्यवस्थित गरेर सेवा प्रदान गर्ने काम भइरहेको डा भट्टराई बताउछन् । उनका अनुसार नयाँ अस्पताल भवन निर्माणमा ढिलाइ भएकाले अहिले पुरानो भवनमै व्यवस्थापन गरेर सेवा चुस्त र प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

दुर्गम क्षेत्रमा सबै चिकित्सक आउन नचाहे पनि उहाँहरुलाई प्रोत्साहन गरेर ल्याउने काम भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । अहिले जिल्ला अस्पतालमा छात्रवृत्ति करार, प्रदेश करार र ‘निकसाइमन’को सहयोगमा चिकित्सकहरू कार्यरत छन् । अस्पतालमा अहिले तीन अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा छन् । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । 

अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार यही कात्तिक ३ देखि ७ गतेसम्मको अवधिमा मात्र १५१ जनाले उपचार सेवा लिएका छन् । “तिहारको बिदाका समयमा पनि बिरामीको सङ्ख्या घटेन”, उनले भने, “विशेषज्ञ डाक्टर आएपछि बिरामीको आगमन पनि बढेको छ ।”

यसअघि दशैंँ अवधिमा ३९२ जनाले उपचार गराएका थिए । अहिले तीन विशेषज्ञ चिकित्सक भएपछि भारततर्फबाटसमेत बिरामी आउने क्रम सुरु भएको सूचना अधिकारी भट्टले बताए। उनले भने, “यदि महिला विशेषज्ञ र एमडिजिपी चिकित्सक कार्यरत रहेको बारेमा अझ प्रचारप्रसार गर्न सकियो भने ग्रामीण भेगका बिरामी पनि थप आउने सम्भावना छ, धेरैलाई जिल्लामै विशेषज्ञ चिकित्सक कार्यरत भएको जानकारी नहुँदा बाहिर जानुपरेको छ।” यहाँका बिरामी भारतको हल्द्वानी, पिथौरागढ र धारचुलाका मेडिकल तथा अस्पतालमा उपचारका लागि जाने गर्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बम विस्फोटपछि पनि आफ्ना खेलाडी श्रीलङ्का पाकिस्तानमै रहने, सबै खेल रावलपिन्डीमा सारिने

कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह हुनुपर्छ, भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

३५ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत महसुल बक्यौता : ऊर्जामन्त्रीले दिए धन्यवाद

काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...

एकैपटक ५८ जना सहसचिव र उपसचिव सरुवा, को कहाँ ?

काठमाडौं । गृहमन्त्रालयले एकैपटक  ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...

जनार्दन नेतृत्व प्रगतिशील राष्ट्रिय अभियानद्धारा ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन

काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको तयारी तीव्र : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो। टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अन...

जेनजी प्रदर्शनमा लुटिएका ७१८ थान हतियार फिर्ता, शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्कियो: गृहमन्त्री अर्याल

काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभ...

राष्ट्रिय परिचयपत्र हुनेले अनलाइनबाटै गर्न सक्नेछन् मतदाता नामावली दर्ता

काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलनको समय सीमा तोकेपछि देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता परिचयपत्र बनाउन आउ...

पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा

ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending