कास्की । कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो ।
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिए ।
यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उनको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी तत्तत् ठाउँका कलालाई उतार्नुुभएका सिंहको यो अभियान २०६७ साल कात्तिक ६ गते बुुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो ।
‘अभियान घोषणासँगै २०७१ जेठ ३० गते ताप्लेजुुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु गर्यौं’, उनले भने । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रुपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ ।
कलायात्रा पुस्तकमा पाँचथरको स्वीजरल्याण्ड गाउँ, बाग्लुुङको गाईघाट झरना, भक्तपुरको नगरकोट, चितवनको बीस हजारी ताल, धनुुषाको जनकपुरधाम विवाह मण्डप, धनकुटाको भेडेटार र कृृषि अनुसन्धान केन्द्र पाख्रीबासलाई कलाका रुपमा समेटिएका छन् । अधिकांश कला पानी रंगका साथै एक्लेरिक रङमा कोरिएका छन् ।
पुस्तकमा गुल्मीको मुसीकोट दरबार र रेसुङ्गा, दोलखाको कुरी गाउँ, झापाको कन्काइ आर्यघाट, धनुषकोठी धाम र जामुनखाडी सिमसार, कपिलवस्तुको तिलौराकोट ‘पूर्वी ढोका’ कास्कीको ल्वाङ भिलेज होमस्टे, फेवा ताल, बेगनास ताल, सहिदचोक, चिसापानी रोयल ट्रयाक र तनहुँको ढोरबाराहीलाई समेटिएको छ ।
त्यस्तै काठमाडौँको धरहरा, कीर्तिपुको बाघभैरव मन्दिर, काभ्रेपलाञ्चोकको दोलालघाट, गोरखाको गोरखा दरबार, डडेलधुराको अमरगढी किल्ला, अछामको बैधनाथ धाम, कालिकोटको पिली युद्ध संग्रहालय, मुगुको राराताल, अर्घाखाँचीको सुपा देउराली, सुर्खेतको बुलबुल ताल, सल्यानको कुपिन्डे ताल, बर्दीयाको बर्दिया राष्ट्रिय निकुञ्ज, रामेछापको जटापोखरी, पर्वतको जलजला, म्याग्दीको राखु भगवती मन्दिर आदि गन्तव्यहरू कलामा समेटिएका छन् ।
यस अभियानमा पुस्तक प्रकाशका रुपमा नगेन न्यूज पब्लिकेशन प्रालिका साथै एक हजार ५६१ जना प्रत्यक्ष जोडिएका प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: