Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ट्रम्प टोकियोमा : एसिया भ्रमणको दोस्रो चरणमा जापानका नयाँ प्रधानमन्त्रीसँग पहिलो भेट

खबरडबली संवाददाता

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् ।

उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेखेका थिए, “अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु । व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबिच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति! लाखौँको जीवन बच्यो-यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ !”

एसियाली राष्ट्रको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलो पटक टेलिफोन वार्ता गरेका थिए । जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिएकाे थियाे । 

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक विजयका लागि बधाई दिँदै जापान-अमेरिका गठबन्धनलाई सुदृढ पार्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पुनः पुष्टि गरेका थिए । उनले भने, “जापान हाम्रो इन्डो-प्यासिफिक रणनीतिक भागीदारीको केन्द्रमा रहेको मित्रराष्ट्र हो ।”

प्रतिक्रियामा प्रधानमन्त्री ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई ‘इन्डो-प्यासिफिक क्षेत्रमा अपरिहार्य साझेदारी’ भनेर वर्णन गर्दै स्वतन्त्र र खुला इन्डो-प्यासिफिक (एफओआइपी) दृष्टिकोण साकार पार्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरिन । साथै, उनले पश्चिम एसियाको शान्ति सन्धि सम्भव गराउन ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अपहरण पीडितहरूको मुद्दामा अमेरिकी सहयोग निरन्तर रहोस् भन्ने आग्रह गरिन । 

दुवै नेताले आगामी भेटप्रति उत्साह प्रकट गरेका थिए । प्रधानमन्त्री ताकाइचीले ट्रम्पलाई जापानमा स्वागत गर्न आतुर रहेको बताइन । राष्ट्रपति ट्रम्पले पनि उनिसँग प्रत्यक्ष भेटको प्रतीक्षा गरिरहेको जनाए । राष्ट्रपति ट्रम्पको हालको तीनदिने जापान भ्रमण लगभग छ वर्षपछि हुन लागेको पहिलो भ्रमण हो । 

क्योदो न्युजका अनुसार यो भ्रमणले द्विपक्षीय सहयोग र दीर्घकालीन गठबन्धनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ताकाइचीले यस महिनाको सुरुमा जापानको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रचेकी थिइन । उनले अक्टोबर ४ मा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व जितिन । त्यसपछिको संसदीय मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरी आधिकारिकरूपमा प्रधानमन्त्री निर्वाचित भइन । 

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा जापानका सम्राट नारुहितोलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उनले यस अवसरलाई ‘जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने ऐतिहासिक क्षण’ भनेर वर्णन गरेका छन् । रूढीवादी विचारधारा र दृढ सुरक्षा नीतिका लागि चिनिनुभएकी प्रधानमन्त्री ताकाइचीलाई स्वर्गीय पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग तुलना गरिन्छ । 

आबेले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालका क्रममा उहाँसँग घनिष्ठ सम्बन्ध कायम गरेका थिए । जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएका राष्ट्रपति ट्रम्पले अन्तिम पटक सन् २०१९ मा ओसाकामा आयोजित जी-२० शिखर सम्मेलनमा सहभागी हुन जापान भ्रमण गरेका थिए । 

ताकाइची नेतृत्वको नयाँ प्रशासनसँग राष्ट्रपति ट्रम्पको यो प्रत्यक्ष सम्पर्कले जापान-अमेरिका सम्बन्धमा नयाँ उचाइ थप्ने र क्षेत्रीय स्थिरता तथा रणनीतिक साझेदारीलाई निरन्तर बलियो बनाउने सङ्केत गरेको छ । रासस/एएनआई 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसला...

स्विस आल्प्समा बार आगलागी

स्विट्जरल्यान्ड । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending